निमकान्त पाण्डे/ एचकेनेपाल डट कम-
दुबई, देशको मायासंगै जोडिएको हुन्छ गाउं घर र जिल्लाको माया आखिर किन नहोस् आफू हुर्केर दिनरात घुमेको ठाउं कसलाई पो प्यारो नहोला र ? त्यसैमा पनि परदेशको ठाउंमा आफ्नै गाउ घरका साथीहरु नचिनेर परिचय हुदा अनौठै लाग्यो।
लामो समयदेखि युएईको पत्रकारितामा सहयोगी भूमिका खेल्दै आउनु भएको निमकान्त पाण्डेले चितवन समाज दुबई नामको फेसबुकको सहयोगबाट युएईमा रोजगारीका लागि छरिएर रहेका जिल्लाबासी धरै साथीहरुलाई जानकारी गराउन पहल गरिएको छ। विदेशको ठाउंमा एकै स्थानका साथीभाईहरु एकै देशमा रहेता पनि भेटघाट तथा परिचय हुने अबस्था नभएकोले यस समाजको माध्यम मार्फत भेटघाट तथा आपसमा परिचित बन्ने मौका मिल्ने चितवन बासीहरुको बुझाइ छ।
युएईको हर कुनामा रहेका सम्पूर्ण चितवनबासीहरुलाई भेट गराएर परिचयसहित भेटघाट,आपसी सहयोग आदान प्रदान भाईचारा बढाउदै सरसल्लाहलाई निरन्तरता दिने भएको छ। शुक्रबार मार्च २३ तारिखका दिन भएको पहिलो भेलामा चितवनबासीको राम्रो सहभागी रहेको थियो।
युएईको बरदुबईमा पहिलो पटक यसरी धरै गाबिसका साथीहरु एकै ठाउमा भेटहुन पाउदा निकै खुसी थिए। आउदो बसाइलाई बृहत रुपमा जिल्लाबासीहरु सहभागी गराई चितवन समाज युएईको कार्य समिति गठन गर्ने योजनाका साथ आउदो चैते दसैँ र नयाँ बर्षको अबसर पारेर मैत्रीपूर्ण पिकनिक कार्यक्रम आयोजक समिति गठन गरिएको छ।
नेपालदेखि आउने राष्ट्रिय कलाकारहरु पिकनिक कार्यक्रममा उपस्थित गराउने जाकारी सहभागी कलाकार साथीहरुले समाजलाई गराउनु भएको थियो। यही अप्रिल ६ तारिख दुबईको अती रमणीय स्थल जाबिल पार्क (ट्रेड सेन्टर अगाडि) पिकनिकको आयोजना गरिएको छ। पिकनिकमा युएईमा रहेका सम्पूर्ण जिल्लाबासीहरुलगायत अन्य नेपालीहरुलाई पनि उपस्थितिको लागी हार्दिक आग्रह गरिएको छ। अप्रिल ६ तारिख बिहान १० बजे उक्त पार्कमा जम्मा हुन सबैलाई सूचित गरिएको छ साथै पिकनिकमा जानका लागि आ-आफ्नो एरियाका आयोजक कमिटिका साथीहरुलाई सम्पर्क गर्न सबैलाई आग्रह गरिएको छ। दिलिप कुमार सेवा ०५५८६७५७१० दुबई, जितेन्द्र कार्की 0504734258 बरदुबई , सुनिल पौडेल 0503591731देरा दुबई,अरुण सुबेदी ०५०५८२१५३० अबुदाबी, प्रविण बिक ०५५३२१८१५५ जबल अली डीआईपी, निमकान्त पाण्डे ०५५४५८४७६८ जबल अली, नवराज पाण्डे ०५०१६७१०५२ शारजाह, सूर्य अधिअकारी ०५५५४३१८७४ सारजाह,कमलप्रसाद अधिकारी ०५५९६७८२५३ सारजाह,गणेश न्यौपाने ०५५३१४९९५८ सारजाह,लक्ष्मण गोदार ०५०६५७३४३१ रसलखेमा, सुजन ढकाल ०५५९६५३९८० जबल अली पार्को, जगत क्षेत्री ०५६६०७०१३२ रसदिया, दिपक पौडेल ०५५६७३०७३९ अलकोज, प्रथम भेलामा सहभागी भई आयोजना गर्ने सम्पूर्ण साथीहरुलाई जिम्मेबारी बहन गर्न हार्दिक अनुरोध गरिएको छ।