एचकेनेपाल डट कम-
विश्व प्रसिद्ध टक शो होस्ट, एक्ट्रेस, प्रोड्यूसर तथा समाजसेवी ओप्रा विनफ्रे ५९ वर्षकी भइन्। २९ जनवरी १९५४ मा जन्मेकी ओप्राको बाल्याकल गरीबीसंग संघर्ष गर्दै बित्यो। एक्ली आमासंग हुर्केकी ओप्रा ९ वर्षको उमेरमा बलात्कृत र १४ मा गर्भवती भएकी थिइन्। जन्मेपछि शिशुको मृत्यु भयो। १९७१ मा मिस ब्ल्याक अमेरिकाको उपाधि जितेपछि १९ सालको उमेरमा पहिलो ब्ल्याक एन्कर बनिन्। १९८६ मा पहिलो पटक अमेरिकाको नेशनल टीभिमा ‘द ओप्रा विनफ्रे शो’ होस्ट शुरू गरेकी उनी अहिले अरबौंकी मालिक्नी भएकी छन्। अहिलेसम्म अबिबाहित ओप्राले पाँच किताब लेखिकी छन्। उनको म्यागजिन ‘ओ’ ले सफलताको झण्डा गाढिसकेको छ। हालिउडको कयौं फिल्महरूमा उनले अभिनय गरेकी छन्।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस