रमेश खावाजु/ एचकेनेपाल डट कम-
कोरिया। नेवाः पुचः दक्षिण कोरियाले सलनालको अवसर पारि फेब्रुअरी १ तारिकका दिन सउलको दोङ्गुक युनिभर्सिटीमा गर्न लागेको “भिन्तुना बृहत् साँस्कृतिक सौगात” कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ।

अहिले दक्षिण कोरियामा रहेका नेपालीहरु माझ कोरियनहरुको महान चाड सलनालको रमझमको चर्चा चलिरहेको छ। कोरियाको मुटु कमाउने जाडोमा सलनालको अवसर पारि विभिन्न संस्थाहरुले नेपालबाट झिकाएका नेपाली कलाकारहरुको प्रस्तुतिले कोरियाबासी नेपालीहरुलाई तताउने भएका छन्। कोरियामा “बुद्ध नेपालमा जन्मेको” प्रचार परसार तथा नेवारी अनि नेपाली कला संस्कृतिलाइ जगेर्ना गर्न विभिन्न कार्यक्रमहरु गर्दै आएका नेवा पुचः कोरियाले आफ्नो स्थापना भएको १२ बर्षपश्चात पहिलो पटक यस बर्षको सलनालमा बृहत् सांस्कृतिक कार्यक्रम गर्ने भएको छ। नेवा पुचःको आपतकालीन राहतकोष तथा नेपालका बिपन्न बर्ग, क्षेत्रका गरिबहरुको सहयोगार्थको लागि गरिन लागेको उक्त कार्यक्रममा नेपालका कलाकारहरु प्रसिद्ध गजलकार प्रमोद खरेल, पप गायक कमल मान् सिंह,लोक गायिका राधिका हमाल, यस बर्षको सर्बोकृष्ट गायिका मिलन अमात्य, हास्य कलाकार मनोज गजुरेल तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहनेछ। दक्षिण कोरियामा चिसोले चिसिएका नेपालीहरुलाई “भिन्तुना बृहत् साँस्कृतिक सौगात” कार्यक्रममा गीत संगीतका फरक विधाहरु, हास्य कलाकारको प्रस्तुति अनि स्थानीय कलाकारहरुको आकर्षक प्रस्तुतिले शरीर तताउने अनि रमाइलो गर्ने नेपालीहरुलाई गजबको समय आएको अध्यक्ष नबिन बज्राचार्यले बताए। उहाँले उक्त दिनमा सम्पूर्ण संस्थाहरु तथा कोरियाबासी नेपालीहरुलाइ सहभागी भइदिनुहुन अनुरोध गर्नु भएको छ।

दिउसो १२:३० देखि शुरु हुने उक्त कार्यक्रम हलमा KEB BANK को खाता खोल्न सकिने तथा नेपाल पत्रकार महासंघ कोरिया शाखाको चिट्ठा पनि खोलिने कार्यक्रम संयोजक पुरु जोशीले बताए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस