सुदर्शन रञ्जित / एचकेनेपाल डट कम-
पोखरा १४, माघ। पोखराको सहारा क्लवले सहारा एकेडेमीलाई दिगो रुपमा संचालन गर्न अक्षयकोष स्थापना गर्ने भएको छ। क्लवको उक्त अभियानलाई सुरुमै साथ दिएका छन तमुधिं युकेका महासचिव एवं समाजसेवि नन्दजंग गुरुङले।

तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम

केहि दिन अघि मात्र पोखरा १७ दोभिल्लामा सहारा एकेडेमीको भवन अवलोकन गरेका गुरुङले क्लवले संचालन गरेको एकेडेमी सहितको कार्यबाट प्रभावित भई आज (मंगलबार) ५१ हजार नगद क्लवलाई अक्षयकोषको लागि हस्तान्तरण गरेका हुन्। क्लवका अध्यक्ष विरभद्र आचार्यलाई उक्त रकम हस्तान्तरण गर्दै तमुधिं युकेका महासचिव गुरुङले युकेमा रहदा सहाराले गरेको गतिविधि आफूले आफ्ना साथेहरुको माध्यमबाट जानकारी पाएकोले यसपाली आफुले एकेडेमीमा जाने अवसर पाएको हुदा क्लवको अर्को अभियाना होस्टेमा हैसे गर्न पनि उक्त रकम सहयोग गरेको बताए। उनले भने “ सहाराको एकेडेमी भवन बनाउने अभियानमा म छुटे पनि दोश्रो अभियानमा म पहिलो हुन पाए, त्यसमा म धेरै खुसि छु।” मोफसलको क्लवले नमुनाको रुपमा एकेडेमि संचालन गरेकोले यसलाई दिगो रुपमा संचालन गर्न अक्षयकोष आवश्यक भएको गुरुङले बताए। गुरुङको पहिलो सहयोगबाट उक्त अक्षयकोषको सुत्रपात भएको क्लवले जनाएको छ। सहयोग दाताहरुको लागि अक्षयकोषमा रकम जम्मा गर्न क्लवले आह्वान समेत गरेको छ।

क्लवका अध्यक्ष आचार्यले एकेडेमीलाई दिगो रुपमा संचालन गर्न अक्षयकोष स्थापना गर्ने सोचमा आफुहरु रहेको अबस्थामा नन्दजंगले उक्त अभियान सुरु गरेकोमा खुसि व्यक्त गरे। उनले भने “ हामी त एक पात्र मात्र हौ, अब हाम्रो अर्को अभियान सुरु भयो।” आहा रारा गोल्ड कप तथा दाताको सहयोगले २ करोडको लागतमा सहारा एकेडेमि संचालन आउन साथ पुन अर्को अभियान एकेडेमी संचालनार्थ अक्षयकोष स्थापनाको अभियान सुरु भएको आचार्यले जनाए। करीब २ करोड अक्षयकोष स्थापना गर्ने लक्ष्य राखिएको क्लवले जनाएको छ। उक्त अवसरमा सहारा यू.के. सल्लाहकार एवं तमुधि यू.के. संस्थापक मिन प्रसाद गुरुङ्ग र क्लबका सल्लाहकार परिषद अध्यक्ष विक्रम थकालीले अब क्लवको अर्को अभियन सुरु भएकोले यसमा सवैको सहयोग आवश्यक भएको बताए।

सहारा क्लवले २६ रोपनी क्षेत्रफलमा करीब २ करोडको लागतमा सहारा एकेडेमी हालै निमार्ण गरेको हो। २०५८ सालबाट कठिन परिस्थिती एंव विपन्न बर्गका वालकहरुको सहारा एकेडेमीमा हाल तेश्रो व्याजको रुपमा १० जिल्लाका १७ जना रहेको क्लवले जनाएको छ। भविष्यमा ३० जना वालकहरु बनाउने योजना रहेको क्लवले जनाएको छ।

यसै विच १२ औं संस्करणको अन्तर्राष्ट्रिय अन्तर क्लव स्तरीय आमन्त्रित आहा रारा गोल्ड कप २०७० फुटवल प्रतियोगिता आगामी फागुनको २० देखि चैत १ गतेसम्म संचालन हुने भएको छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस