एचकेनेपाल डट कम संवाददाता-
पोखरा, ११ चैत । फेवातालमा पौडी खेल्ने क्रममा डुबेर शनिवार दिउंसो एक पर्यटकको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्वीडेन नागरिक ५६ वर्षीय केजेल गनर रोजर रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
लेक साइडको मयुर होटलमा बसेका रोजेर करीव पौने ३ बजे पौडी खेल्न फेवातालको पल्लो किनारमा गएका थिए। प्रहरीका अनुसार पौडी खेलेका उनी एक्कासी डुबेका थिए।
करीव सवा चार फेला परेको रोजरको शव पोष्टमार्टमको लागि गण्डकी अञ्चलमा राखिएको छ।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस