एचकेनेपाल डट कम संवाददाता-
‘पैसा छैन गोजीमा, मायालुको खोजीमा’ कमेडी गीत गाएर चर्चामा आएका गायक तथा कलाकार गुरूङ सोल्टीलाई हङकङमा सम्मान गरिएको छ। कलाकारिता क्षेत्रबाट देशविदेशमा तमु गुरूङ समुदाय तथा खोटाङ्ग क्षेत्रको नाम उच्च पार्न योगदान पुराएकोमा सोल्टीलाई सम्मान गरिएको समाजका सदस्य पर्वत गुरूङले जानकारी दिए।

समाजका सचिव हर्क गुरूङका अनुसार, सम्मानित भएपछि सोल्टीले कलाकारलाई सम्मानले उर्जा मिल्ने बताए। उनले आप्mनो समुदाय र क्षेत्रका लागि कलाकारिता र व्यक्तिगत तर्पmबाट पनि सकेसम्मको योगदान गर्ने बताए। सोल्टी किराँत राई यायोक्खा, हङकङ्गले आयोजन गरेको पाँचौं यलम्बर नाईटका लागि हङकङ्ग गएका थिए। त्यहाँ उनले उद्घोषणसँगै कमेडी प्रस्तुतीका साथमा ‘मिलेको जिऊ’ र ‘चनाचट्पटे’ बोलको दुई नयाँ गीत गाए।

समाजका अध्यक्ष राम गुरूङ्गको सभापतित्वमा सम्पन्न कार्यक्रममा सदस्यत्रय पर्वत गुरूङ्ग, सन्तोष गुरूङ्ग र धन गुरूङ्गले सोल्टीलाई मायाको चिनो प्रदान गरे भने समाजका जेष्ठ सल्लाहकार टेक बहादुर गुरूङ्गले खदाँ ओढाएका थिए। वरिष्ठ सल्लाहकार एवं कोन ईन्जिनियरिङ्ग एण्ड कन्स्ट्रक्सनका प्रवन्धक निर्देशक अर्चन गुरूङ्गले सोल्टीको लागि निकट भविष्यमा नै हङकङमा पुनः कार्यक्रम आयोजन गर्ने बताए। ‘विल्कुले नयाँ टेष्ट दिएका छन् । कुशल उद्घोषणसँगै सोल्टीले हसाँएनन् मात्र, हामीलाई नचाए पनि। यसर्थ, सोल्टीको वहुप्रतिभाको कदर गर्दै निकट भविष्यमा नै हङकङमा पुनः कार्यक्रम आयोजना गर्ने छौं ।’, गुरूङ्गले सोल्टीको आमा समेत उपथस्थित कार्यक्रममा भने। थप सम्मान र प्रोत्साहन र प्रर्वद्धनका लागि समाजले सोल्टीको दोस्रो एल्बम प्रायोजन गरिदिने सदस्य पर्वत गुरूङ्गले बताए। त्यसको हङकङमा बजार तथा प्रर्वद्धन समाजले नै गर्नेछ।

त्यसअघि, सोल्टीको सम्मानमा हङकङ तरहरा (हाँसपोसा) मञ्चले जोर्डनस्थित कोरियन रेष्टुरेन्टमा खदाँ ओढाएर विशेष सम्मान तथा रात्रि भोजको आयोजना गर्यो। मञ्चका अध्यक्ष कालसिं राईले सोल्टीको प्रतिभाको कदर गर्दै हङकङ्गमा भएको कार्यक्रममा निमन्त्रणा गरिएको र भविष्यमा पनि निम्तो भईरहने बताए। मञ्चका सचिव किरण तामाङ्गको नेतृत्वमा सोल्टीलाई पछिल्लो दिन हङकङ्गको विशेष पर्यटकीय क्षेत्र पिक टावर र फेरि सयर समेत गराईयो। मञ्चले सोल्टीको भिडियो सिडी रिलिजको लागि प्रयोजन गरिदिएको हो। त्यस्तै, खोटाङ्ग हङकङ समाज, हङकङ्गले पनि सोल्टी लगायत नेपाल आइडल विक्रम राई र गायिका ताया राईलाई कदर पत्र र खदाँ ओढाएर सम्मान गर्यो। उनीहरुको सम्मानमा समाजले नेपाली रेष्टुरेन्टमा रात्रि भोज कार्यक्रम आयोजन गर्यो । सोल्टीले हङकङ्गमा तीन ठाँउ आप्mनो प्रस्तुती देखाए। हङकङ्गको साँगीतिक यात्रापछि उनी अहिले डिजिटल फिल्म करुणा (लाहुरे परिवारको कथा) स्क्रीप्ट लेख्नमा व्यस्त छन्। बैशाखबाट यो फिल्म छायाँकन शुरु गर्ने उनले जना । त्यसअघि उनी गजबको सोल्टी, कमेडी भिडियो, निमार्ण गर्दैछन् जुन चाडै सुटिङ्ग हुदैछ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस