एचकेनेपाल डट कम संवाददाता-
बेलायत । पांचथर समाज सेवा युकेले बेलायतमा पहिलो पटक च्यारिटी कार्यक्रम सम्पन्न गरेको छ। अल्डरसटस्थित भेटघाट रेष्टुरेण्टमा झण्डै २५ बढी संघसंस्थाका प्रतिनिधिहरुको सहभागितमा समाजले च्यारिटी कार्यक्रम आयोेजना गरेको हो। सम्बृद्ध पांचथर सम्बृद्ध नेपाल नाराका साथ जिल्लाका गरीब तथा जेहेन्दार विद्यार्थीहरुको शिक्षा क्षेत्रमा सहयोग पु¥याउन च्यारिटी गरिएको समाजका अध्यक्ष एकराज नेम्वाङले जानकारी दिए।

बेलायतमा रहेका नेपाली तथा जिल्लामा हरतरहले सहयोग पु¥याउंदै आएको समाजले सन् २०१२ देखि पांचथर कप फुटबल प्रतियोगिता समेत आयोजना गर्दै आइरहेको छ। पांचथर समाज सेवाका अध्यक्ष एकराज नेम्वाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव नरप्रसाद थामसुहाङले नेपालको भौगोलिक विषयमा जानकारी दिएका थिए।

कार्यक्रममा शान्ति सेलिङ लिम्बुले स्वागत मन्तव्य दिइन भने कोषाध्यक्ष नगेन्द्र नेम्वाङले हेल्थ एण्ड सेफ्टीबारे जानकारी दिएका थिए। समाजले पहिलोपटक गरेको बृहत च्यारिटी कार्यक्रम भव्य बनाउन वरिष्ठ उपाध्यक्ष नरवीर आङ्बो, उपाध्यक्षहरु कुल प्रसाद योङ्या, सन्तकुमार आङ्दम्बे, वीर बोलन, सहकोषाध्यक्ष धनबहादुर काम्बाङ, सल्लाहकार सुवर्ण नेम्वाङ, चन्द्रमान लावती लगायतले महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि समाजसेवी ईश्वर आङबुहाङले च्यारिटी भव्यताका साथ सफल भएकोमा संस्थालाई बधाईं दिंदै पांचथरेहरुको एकता प्रशंसनीय रहेको बताए। सो अवसरमा एनआरएनए युकेका निवर्तमान अध्यक्ष कुल आचार्य, एनआरएन आइसीसी सदस्यद्धय शुष्मा राई र थर्क सेन, एनआरएनए युके उपाध्यक्ष शान्ति थापा कुंबर, कोषाध्यक्ष ठाकुर शर्मा, सदस्यहरु सचिव कल्पना आङ्बुहाङ र गोपाल गुरुङ, विजी डब्लुएस रेडियोका प्रबन्ध निर्देशक सोनाम शेर्पा, कार्यक्रम प्रस्तोता प्रमिला लाबुङ राई, एनपीसीसी युके अध्यक्ष लोक गुरुङ, आदीवासी जनजाती महासंघ युके अध्यक्ष श्रीप्रसाद लिम्बु, लिम्बुवान नागरिक समाजका संस्थापक अध्यक्ष प्रसादसिंह थेवे, वर्तमान उपाध्यक्ष नरेन्द्र लिम्बु, सेवारो कलाकार संघ बेलायतका अध्यक्ष काजीमान याक्सो, किरांत याक्थुम चुम्चलुङ युकेका उपाध्यक्ष तिलविक्रम सम्बाहाम्फे, याक्थुम मंगेना चुम्लुङ बेलायतका अध्यक्ष कमला लिम्बु, नेपाली कांग्रेस महिला नेतृ नरकुमारी लिम्बु, पूर्व गोर्खा मेजर भवानी पाण्ठक लिम्बु, नेपालबाट आएका एभिन्युज टेलिभिजन पत्रकारद्धय शम्भु पोखरेल र करुणा कंडेल, ताप्लेजुङ समाज बेलायतका अध्यक्ष लक्ष्मी घिसिङ, नेपाल विद्यार्थी संघका वीरेन्द्र खड्का, एनपीसीसी युकेका प्रवक्ता प्रवेश केसी, समाजसेवी भक्तमायां राई, गोर्खा क्वालीटि स्टोरका निर्देशक रविन गुरुङ, उद्यमी राजेन्द्र गुरुङ, विकास राई, युवा नेता रामभक्त राई, दुर्गाहाङ लिम्बु, श्रीमान लिम्बु, मधु मादेन, हिथ्रो गोर्खा नेपाली समुदायका अध्यक्ष्ँ बाबुराम प्रधान, एभरेष्ट सेक्युरीटि लि.का प्रवन्ध निर्देशक गोकर्ण चुङबाङ, नेपाली दूतावासका प्रतिनिधि लगायतको सहभागिता थियो। त्यस्तै समाजका सल्लाहकारहरु राजेन्द्र आङदेम्बे, भक्तिहाङ नेम्वाङ, चन्द्र सुन्दास, एनपी चेम्जोङ, संघिय लोकतान्त्रि राष्ट्रिय मञ्चका देवी तुम्बाहाम्फे पनि सहभागि थिए।

कार्यक्रममा उपस्थित नागबेली फिल्मका प्रोडुसर अतिथि रोमियन वनेमले आफ्नो फिल्मका विषयमा जानकारी दिएका थिए। नागबेली फिल्म आगामी सातादेखि नेपालका विभिन्न हलहरुमा प्रदर्शन गरिने भएको छ। बेलायतमा भने केहि साताभित्रमा आउने बताइएको छ। सहभागि अतिथिहरुलाई समाजका अध्यक्ष नेम्वाङले खादा लगाई सम्मान गरेका थिए। पांचथर समाज सेवा युकेका लोकेन्द्र शेर्माले फोटो र भिडियोग्राफीमा सहयोग पु¥याएका थिए। च्यारिटी कार्यक्रमको अन्त्यमा कलाकार दौलत राईको समूहले मनोरञ्जन दिएको थियो।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस