Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

प्रचण्डको बोलाएको अनाधिकृत बैठकमा जान्नौः चन्द

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ११ चैत । एकीकृत नेकपा माओवादी स्थायी समिति सदस्य नेत्रविक्रम चन्द विप्लवले अध्यक्ष प्रचण्डले बोलाएको बैठक अनाधिकृत भएकोले आफ्नो समूह बैठकमा सहभागी नहुने स्पष्ट पारेका छन्।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी अन्चल शाखाले शानिवार बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै चन्दले कम्यूनिष्ट पार्टीको परम्परा अनुसार महासचिवले बैठक बोलाउनु पर्नेमा महासचिवलाई थाहै नदिई बोलाईएको बैठक अनौपचारिक र अनाधिकृत भएकोले त्यस्तो बैठकमा सहभागी हुनुको औचित्य नभएको दावी गरे।

शाखाका अध्यक्ष प्रकास खनालको सभापतित्वमा भएको साक्षात्कारमा उनले अध्यक्ष प्रचण्डले भने जस्तो पार्टी अहिले न फुटेको न जुटेको अवस्थामा रहेको भन्दै अघिल्लो केन्द्रीय समितिको बैठकको निर्णय कार्यान्वयन मात्रै विभाजनको मिलन विन्दु भएको बताए। उनले प्रधानमन्त्री डा बाबुराम भटटराई नेतृत्वको सरकारले राष्ट्रको नेतृत्व गर्न नसकेको र राष्ट्रघाती काम गरेको भन्दै प्रधानमन्त्रीले सकेसम्म राजिनामा दिनु पर्ने तर्क गरे। उनले भने-केन्द्रीय कमिटिको बैठकमा प्रधानमन्त्रीको राजिनामाको कुरा भएको थियो। प्रधानमन्त्रीले राजिनामा नदिएसम्म मिलन विन्दु निस्कदैन। नेता चन्दले शान्तिको नाममा जनमुक्ति सेनालाई अपमानजनक रुपमा समायोजन गर्न लागिएको दावी गर्दै अपमानजनक रुपमा हुने समायोजनमा आफूहरुको समर्थन नरहेको बताए।

जनसंविधान निर्माण, संघीय गणतन्त्रतको सुनिनिश्चतताको लागि आफूहरुको आन्दोलन भएको भन्दै क्रान्ति सम्पन्न नभएसम्म आफूहरुको आन्दोलन जारी रहेको बताए। आफूहरुले निर्माण गरेको मोर्चा तीन दलको मोर्चाबाट निकास निष्कासन नसकेकोले बैकल्पिक शक्तिको रुपमा स्थापना गरेको भन्दै राष्ट्रघात गर्ने सरकारले नटेरे अब आन्दोलनबाटै जनताले घेराबन्दीमा पार्ने चेतावनी दिए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by