एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ११ माघ। नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा काठमाडौं क्षेत्र नम्वर ४ का सभासद गगनकुमार थापाले सांसद कार्यालय सञ्चालनमा ल्याएका छन्।

गगन कुमार थापा

संविधानसभाको चुनावको बेलामा मतदाताहरुमाझ गरेको प्रतिवद्धता अनुरुप संविधानसभा सदस्यको सपथ लिएपछि थापाले सांसद कार्यालय शुभारम्भ गरेका हुन्। सभासद थापाले काठमाडौं क्षेत्र नम्बर चार अन्तर्गत काठमाडौं सिफल नजिक कार्यालय स्थापना गरेका छन्। यस क्षेत्रका आम मतदाताहरुले सभासद भेट्ने, गुनासो सुनाउने तथा यस क्षेत्रको विकास निर्माण लगायतका विषयमा छलफल गर्ने साझा स्थानको रुपमा विकास गर्ने सोचाइका साथ कार्यालय स्थापना गरेका हुन्। कार्यालयमा व्यवसायिक र दक्ष कर्मचारी र स्वयंसेवकहरुले पनि सेवा प्रदान गर्नेछन्।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस