नतिबाबु भट्ट / एचकेनेपाल डट कम-
२४ जनवरी। मध्य पश्चिम तथा दक्षिण पूर्वी अमेरिकामा बसोबास गर्ने नेपालीहरुको छाता संगठन आन्मा र नासाको १० शौं संयुक्त संम्मेलन आगामी अगष्टमा कोलोराडोमा हुने भएको छ।
नेपाल र नेपालीको रहन सहन, भाषा, सांस्कृति तथा भेषभूषाको संरक्षण गर्न र अमेरिकामा जन्मे हुर्केका नेपाली बालबालिका तथा यहांका स्थानीय बासिन्दाहरुलाई नेपालीको भाषा र संस्कृतिको पहिचान गराउन, कार्यक्रम आयोजना गरिएको आन्माका अध्यक्ष गोपेन्द्र भट्टराईले बताए। मातृभूमिप्रतिको कर्तब्य स्मरण गराउन तथा कर्मथलोमा जन्मथलोको पहिचान गराउन यस्ता कार्यक्रमले सकारात्मक प्रभाव पार्ने उनको दावी छ।
कोलोराडोस्थित नेपालीहरुको साझा संस्था नेपाली घर र रकी माउण्टेन फ्रेन्ड्स अफ नेपालको संयोजनमा सम्पन्न हुने सम्मेलनमा २० स्टेटमा बसोबास गर्ने झण्डै २ हजार भन्दा बढि नेपालीहरुको उपस्थिति हुने बताईएको छ। कार्यक्रम आयोजक तथा संयोजकको संयुक्त बैठकले सम्मेलनलाई सम्पन्न गर्न चारवटै संस्थाबाट दुई दुई जना सदस्य रहेको मुल समिती रकी माउण्टेन फ्रेन्ड्स अफ नेपाल का अध्यक्ष शरद आचार्यको अध्यक्षतामा गठन गरेको छ। त्यसैगरी, भेलालाई सफलताका साथ सम्पन्न गर्न कन्भेन्सन समिति तथा खेलकुद, संस्कृति तथा मनोरनञ्जन, प्रचारप्रसार, सूचना तथा संचार जस्ता १७ उपसमिति गठन गर्ने निर्णय गरेको छ। सबै समिति तथा उपसमितीका संयोजकहरु स्थानीय रहने छन्। आगामी अगष्ट ३० मा सुरु भई सेक्टेम्बर १ मा सम्पन्न हुने नेपालीहरुको भेलालाई भब्यताका साथ सफल पार्न नेपाली घरका अध्यक्ष नारायण श्रेष्ठले सबैलाई यथासक्य सहयोग गर्न आग्रह गरेका छन्।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस