एचकेनेपाल डट कम संवाददाता-
लन्डन-नेतृत्व हस्तान्तरण, वर्तमान कार्यकारी अध्यक्ष योगेन क्षेत्रीको कार्यशैली र आर्थिक अनियमितता छानविनको विषयलाई लिएर एनआरएन युकेमा फेरि विवाद देखिएको छ। १४ जनवरी बसेको एनआरएन युकेको कार्यसमितिको बैठकमा एनआरएन युकेका कार्यकारी अध्यक्ष क्षेत्रीले पूर्व सहमति विपरित मन्तव्य राखेको भन्दै विवाद चुलिएको हो।
नेतृत्वका विषयमा विवाद हुँदा यसअघि एक पटक छुट्टा-छुट्टै अधिवेशन सम्पन्न गरेर दुई वटा एनआरएन बनेका थिए। जसलाई एनआरएन युकेका संरक्षक डा. सुर्य सुवेदीको पहलमा बेलायतस्थित नेपाली समाजका वौद्धिक ब्यक्तित्वहरु मिलेर दुवै पक्षबीच सम्झौता गरी एउटै एनआरएनमा बनाएका थिए। सहमतिमा दुवै अध्यक्षले र अन्य कार्यसमितिले एक-एक वर्ष एनआरएन युकेको नेतृत्व गर्ने सहमति भएको थियो। जसअनुसार संस्थापन पक्षका मानिने क्षेत्रीले एक वर्ष एनआरएन युकेको नेतृत्व गरिसकेका छन्।
समझदारीअनुसार उनले यही २९ सेप्टेम्बरमा कार्यकारी अध्यक्ष पद अर्का अध्यक्ष महेन्द्र कडेंललाई सुम्पनुपर्नेछ। तर, उनले १४ जनवरी बैठकमा आफू उक्त सहमतिलाई पालना गर्न बाध्यकारी नभएको मन्त्ब्य दिएको भन्दैं सहमतिमाथि गद्धारी भएको भन्दैं अर्को अध्यक्ष महेन्द्र कडेंडल पक्षले विज्ञप्ति प्रकाशित गर्दै उक्त कुरा खारेजीको घोषणा गरेको छ। “१४/०१/२०१४ का दिन बसेको कार्यसमितिको बैठकमा एनआरएन युकेका कार्यकारी अध्यक्ष योगेन क्षेत्रीले आफू विगतमा भएको समझदारी पालना गर्न बाध्यकारी नभएको भनी आउँदो मिति २४ जनवरी २०१४ काको समझदारीअनुसार अर्का अध्यक्ष महेन्द्र कडेंललाई कार्यकारी अध्यक्ष पद हस्तान्तरण गर्नुपर्ने कुरालाई नकार्दै कार्यकारी अध्यक्ष योगेन क्षेत्रीज्यूबाट कार्यसमितिमा भएको सम्बोधन घोर आपत्तिजनक भएको ठहर गर्दछौं,” बिहीबार अध्यक्ष कडेंलसहित वर्तमान कार्यसमितिका १५ सदस्यले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “साथै, यसले एनआरएन युकेको एकतामा खलबल पुर्याउने ठहर गर्दछौं।”
उनीहरुले कार्यकारी अध्यक्ष क्षेत्रीले बोलेको उक्त कुराको आत्माआलोचना गर्न र २८ सेप्टेम्बर २०१३ का दिन नेपाली दूतावास युकेमा भएका समझदारीमा अडिग रहेन समेत अनुरोध गरेका छन्। “कतैबाट फेरि पनि गलत ब्याख्या गरि २८ जनवरी २०१४ का दिन समझदारी अन्तर्गत महेन्द्र कडेंललाई कार्यकारी अध्यक्ष पद हस्तान्तरण नभए त्यो फेरि पनि षड्यन्त्रको उपज हुन्छ भन्ने हाम्रो ठहर रहेको छ,” उक्त विज्ञप्तिमा भनिएको छ, हामी अझै पनि त्यस सहमतिमा अडिग छौं।”
उनीहरुले बौद्धिक र समाज अगुवाहरुको रहोवरमा भएको भद्र सहमतिको पालना गर्न समेत आग्रह गरेका छन्। असन्तुष्ट पक्षले वर्तमान अध्यक्ष क्षेत्रीले मानव कल्याणकारी कोष वा भविष्यमा कोषलाई दिने रकमलाई समेत दुरुपयोग गर्ने उद्देश्यले कार्यसमितिको निर्णय भनी ५० हजार पाउण्ड कोषको रकमले आफ्नो गाउँ म्याग्दीमा बृद्धाश्रम बनाउँछु भनी घोषणा गरेको कुरा भन्दैं त्यसप्रति विरोध समेत जनाएका छन्। “एनआरएन युकेका अध्यक्षले आफ्नो गाउँलाई भन्दा अझै पिछडिएको गाउँ बस्तीका लागि मानव परोपकारको कार्यहरु गर्नुपर्ने हाम्रो ठहर छ,” उक्त विज्ञप्तिमा छ।
उनीहरुले ५० हजार पाउण्डको मानव कल्याणकारी कोषको परिचालनमा प्रमुख संरक्षक, संरक्षक, पूर्व अध्यक्ष एवं पदाधिकारीहरु र एनआरएन युकेलाई लामो समयदेखि सहयोग गर्ने सदस्यहरुलाई समेत सोधपुछ गरी निर्णय लिनुपर्ने कुरा पनि जोड दिएका छन्। उनीहरुले विगत दुई पक्षबीच सहमतिको समयमा भएका विगतमा भएको आर्थिक अनियमितताको छानविन गर्नेलगायतका बनेका समितिहरुको काम अगाडि बढाउन समेत माग गरेका छन्। “विगतको कार्यसमितिले गरेको ब्यापक आर्थिक अनियमितता छानविन गर्न र सहमतिअनुसार बनाइएका समितिहरुले कामहरु यथाशीघ्र अगाडि बढाउन पनि माग गर्दछौं,” विज्ञप्तिमा भनिएको छ।
यसैगरी, विज्ञप्तिमा वर्तमान कार्यकारी अध्यक्ष क्षेत्रीले ३ सय पाउण्ड दिएर सल्लाहकार पद किन्न खोजेको समेत उल्लेख गरिएको छ। असन्तुष्ट पक्षधरहरुले कार्यकारी अध्यक्ष क्षेत्रीले १८ जनवरी २०१४ मा सम्पन्न कार्य समितिको बैठकमा दिएको मन्तव्यलाई लिएर कुनै भ्रममा नपर्न एनआरएन युकेका ससदस्यहरुलाई आग्रह गरेका छन्। उनीहरुले एनआरएन युकेका कार्यकारी अध्यक्ष क्षेत्रीलाई आफू गरेका गलत कुराको आत्माआलोचना गरी खण्डन नआए अर्का महिनाको ७ तारिखमा हुने हुने हृयान्डओभर, टेकओभर कार्यक्रममा उपस्थित नहुने समेत जनाएका छन्।
यसरी असन्तुष्ट रही विज्ञप्ति जारी गर्नेहरुमा राष्ट्रिय समन्यव परिषदका अध्यक्ष महेन्द्र कडेंल, बरिष्ठ उपाध्यक्ष सुर्य नेम्वाङ्ग, उपाध्यक्ष हिराधन राई, संयोजक राजकुमार त्रिपाठी, सहसंयोजक डम्वर लिम्वु, कोषध्यक्ष ठाकुर शर्मा, सदस्यहरु तिलकुमारी लिम्बु (कल्पना आङ्गवुगं), धर्म तामङ्ग, योगेस राई, मिन बहादुर रानाभाट, उत्तम राई, बिष्णु वाग्ले, हरी गुरुङ, बुद्धिराम थापा मगर, ललित न्यौपाने रहेका छन्।
newsuk2013@gmail.com