सुर्य चन्द / एचकेनेपाल डट कम-
अबुधाबी, युएईमा एक नेपाली महिला ११ महिनाकी शिशु हत्याको अभियोगमा पक्राउ परेकी छन्। दुबईस्थित अल नादा भन्ने ठाउँमा घरेलु कामदारको रुपमा काम गरेकी नेपाली महिलाले बच्चीको घाँटी थिचेर हत्या गरेको यहाँको सेभेन डेज न्युजपेपरले जनाएको छ।
दुबई पुलिसका अनुसार नेपाली महिला आफ्नी आमाको अन्त्येष्ठिको लागि नेपाल जान चाहेकी थिईन् तर मालिकले अनुमति नदिएपछि रिसमा बच्चीको घाँटी थिचेर हत्या गरेको जनाएको छ। पत्रिकाले नेपाली महिलाको विवरण सार्वजनिक गरेको छैन।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस