Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

अन्तर्राष्ट्रिय बुढासुब्बा गोल्ड कप

सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, ११ चैत । मोफसलकै चर्चित तथा पूर्वाञ्लकै ठूलो तथा पुरानो प्रतियोगिताका रुपमा रहेको चौधौं अन्तर्राष्ट्रिय बुढासुब्बा टुर्वोग गोल्डकप फूटबल प्रतियोगिताको आज शनिवार ३ वजेदेखि सुरु हुदैछ।

आजको उद्घाटन खेलमा साविक विजेता मनाङ-मर्स्याङ्दी क्लब र आयोजक धरान फुटबल क्लब पूर्वाञ्चल ११ बीच प्रतिस्पर्धा हुदै छ।

दुइ पटक उपाधि उचालि सकेको मनाङ यो पटकको अपधि जितेर गोल्ड कपमा ह्याट्रिक गर्ने सुरमा रहेको छ भने तीन पटकसम्म उपाधि नजिक पुगेर पनि उपविजेतामा जित्त बुझाउदै आएको धरान पनि यो पटक भने उपाधिसंगै नयाँ इतिहास रच्ने दाउमा रहेको छ। यो पटक धरान पूर्वाञ्चल ११ को रुपमा पूर्वबाट राष्ट्रिय लिग खेलिसकेका खेलाडीसहित मैदानमा शसक्तरुपमा मैदानमा उत्रने भएको छ।

पूर्वाञ्चलकै प्रतिनिधित्व गर्दै गोल्ड कपमा राम्रा खेलाडीका साथ एक महिने वन्द प्रशिक्षणमा रहेर तयारी गरेको कारण पनि १४औ संस्करणको उपाधि कब्जा गर्नै टिम कोच सागर घिमिरेले बताउनु भयो। उहाँले काठमाडौका कल्वका रहेर दर्जनौ प्रतियोगितामा सहभागी गरेका अनुभवी खेलाडी रहेको यस अघि गोल्डकपमा मनाङसंग भोगेको पराजयको वदला लिने बताउनु भयो। उहाँले मनाङ पनि राम्रो टिम भएकोले पनि उसलाई पराजित गर्न आफूहरुले कडा प्रतिष्पर्धा गर्नु पर्नै तथा आफूहरुले ०-१ या १-२ को अन्तरले धरानले जित्ने दावी गर्नु भयो। साथै धरान उद्घाटन खेलमा पनि आक्रमक रुपमा प्रस्तुत हुने घिमिरेले जानकारी दिनु भयो।

यता ५ विदेशी खेलाडी तथा २ राष्ट्रियसहित मैदानमा उत्रने तयारीका रहेको मनाङ पनि यो पटकको उपाधिसंगै गोल्डकपमा ह्याट्रिक गर्ने दाउमा रहेको छ। मनाङ विदेशीसहित राष्ट्रिय खेलाडी एवम् अनुभवी खेलाडीसहित मैदानमा उत्रने भएकोले पनि उपाधि माथि कब्जा जमाउने टिम कोच हरिकृष्ण श्रेष्ठको दावी छ।

धरान पनि यो पटक अनुभवी खेलाडीले भरिएकोले उद्घाटन खेल प्रतिष्पर्धात्मक हुने उहाँको भनाई छ। ४ महिना अगाडिदेखि मनाङलाई सम्हाल्दै आएका श्रेष्ठ आफूले टिम समालेपछि को पहिलोपटक उपाधि मनाङको पोल्टामा पार्ने सुरमा रहनु भएको छ। आफूले टिम सम्हालेदेखि नै मनाङलाई आक्रमकरुपमा प्रस्तुत गर्दैआउनु भएका श्रेष्ठले उद्घाटन खेलमा पनि आक्रमकरुपमा नै प्रस्तुल हुने जानकारी दिनु भयो।

यी दुवैको नेपाली फुटबल इतिहासमा दोस्रो हो । यस अघि, बुढासुब्वा गोल्डकपको छैठौ संस्करणमा भेट भएको थियो। छैठौ संस्करणमा क्वाटर फाइनमा मनाङले धरानलाई ट्राइबेकरमा पराजित गरेको थियो।

आयोजक टिमबाट यो पटक काठमाडौको जाउलाखेल क्वलबाट खेल्दै आएका ५ जना एन आरटिका २ जना हिमालय शेर्पाको १ जना, फ्रेण्डस्का एक जना र एपीएपका २ जना खेलाडीसहित मैदानमा उत्रदैछ। यता मनाङ भने ५ विदेशी त्यसमा पनि दुइजना गोल्डकपकै लागि थपेर मैदानमा उत्रने भएको छ। धरान चार्ल्स राईको कप्तानीमा मैदानमा उत्रदै छ भने मनाङ निराजन खड्काको कप्तानीमा र्मैदानमा उत्रदै छ। यी दुवै टिम शसक्त भएको भए पनि आयोजक टिमले यो पटक पूर्वाञ्चलकै प्रनिधित्व गर्नै भएको तथा होम ग्राउण्ड भएकोले पनि उद्घाटन खेल आयोजकले जित्ने आसा गरिएको छ। यसको नतिजाको लागि भने उदघाटन खेल पछि नै थाहा हुने छ।

प्रतियोगितमा सहभागी क्लवहरु धरान आइसकेको छन् भने प्रतियोगताको तयारी पनि पूरा भइसककेको आयेजकले जनाएकोछ। यो पटकको प्रतियोगिता धरान १७ स्थित एन्फा एकेडेमीको खेल मैदानमा हुदै छ।

आयोजकले गोल्डकपको पुरस्कार रासिमा १ लाख वढाएको छ। उपाधि विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने भएकोले पूर्वमा बूढासुब्बा गोल्डकपको आकर्षण निकै बढेको छ। साथै उत्कृष्ट खेलाडीले एक लाख ७० हजार रुपैयाँको मोटरसाइकलसमेत पुरस्कार पाउने भएका छन्।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by