भिसन राई /एचकेनेपाल डट कम –
काडमाडौ, २ माघ। मुख्य निर्णायक किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष यशोदा राईले चिन्डोको (वाबुक) महत्व बारेमा सोधेको प्रश्नमा गतिलो जवाफ दिएर मोरंग उर्लाबारीकी २१ वर्षिया सोनी राई यस वर्षको वराह ज्वेलरी मिस राई २०७० घोषित भईन्।

उनले जन्मदेखि मृत्युसम्म पनि राई जातिमा चिन्डो (वाबुक) प्रचलन रहेको र यसले सम्पूर्ण राई जातिलाई एकतामा बांधेर राखेको तर्क गर्दै यो नै राई जातिको पहिचान भएको बताउंदै उपस्थित निर्णायक र दर्शकको मन जितेकी थिईन्। विजेता राईले नगद पचास हजार, सिटिभी मोवाइल एक थानसंगै ट्रफी र प्रमाणपत्र प्राप्त गरिन्। राई जातिमा महत्वपूर्ण मानिएको तीन चुलाको आधारमा बाँडिएको अवार्डमा क्रमश रनर अप (बंशज चुलो) अवार्ड पांचथरकी कला राई बन्न सफल भईन। अन्य रनरअपमा क्रमश फस्ट रनरअप (कुटुम्व चुलो) अवार्ड खोटाङकी गमला राई, सेकेण्ड रनरअप (समाज चुलो) अवार्ड सुनसरीकी भावना राईले जिते। उनले सव टाइटल मिस फ्रेण्डशीप (बाखाम्मा) अवार्ड पनि जितिन्। रनरअपहरुले क्रमशः नगद पच्चिस हजारसंगै सिटिभी मोवाइल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे। अन्य सव टाइटल अवार्डमा क्रमशः मिस कल्चर (रिदुुमी) उदयपुरकी उर्मिला राई, मिस पंचुआलीटी(चेन्चेक्वा) ईलामकी उर्मिला राई, मिस पर्सनालीटी(खियामा) स्मिता राई, भ्युअर च्वाइस(तायामा) र मिस ट्यालेन्ट(सुम्दिमा) दुवै अवार्ड भोजपुरकी ममता राई, बेस्ट ड्रेस(सारुमा) प्रतिमा राई, मिस डिसीप्लिन (हेन्खामा) कविता राई र फोटोजेनीक (निनाम्मा) मञ्जु राईले प्राप्त गरे।

तस्वीरः भिसन राई / एचकेनेपाल डट कम

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस