Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

एनआरएन अध्यक्ष लामिछानेलाई हङकङमा सम्मान

देवराज राई / एचकेनेपाल डट कम-
हङकङ, २३ मार्च । गैरआवसीय नेपाली संघ (एनआरएन) हङकङको नेपालमा लगानी गर्न र गराउने विषयमा जानकारी सभालाई सम्वोधन गर्न हङकङ आइ पुगेका एनआरएन केन्द्रीय अध्यक्ष जीवा लामिछानेको सम्मानमा चितवन समाज हङकङले एक विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ।

चितवन समाज हङकङका अध्यक्ष ओमराज गुरुङको अध्यक्षतामा कंगन रेष्टुरेण्टमा आयोजित रात्रिभोज सहितको कार्यक्रममा एनआरएन हङकङका अध्यक्ष दुर्गा गुरुङ, चितवन समाजका सल्लाहकार राजमान गुरुङलगायत उपस्थित थिए।

संस्थाका सचिव गञ्जमान घलेले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष डम्बरध्वज गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए। २३ तारिख शुक्रबारका दिन सम्मान प्राप्त गरेका लामिछानेको एनआरएन केन्द्रीय अध्यक्ष भएपछि हङकङको यो पहिलो भ्रमण हो।

तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by