Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

यूरो एकल नृत्य प्रतियोगितामा एनआरएनहरुले प्रायोजन गर्ने

टेक नेपाली / एचकेनेपाल डट कम-
फ्रान्सको राजधानी पेरिसमा अप्रिल १५ तारिखका दिन आयोजना हुने यूरो एकल नेपाली नृत्य प्रतियोगिता २०१२ लाई विभिन्न संघ संस्थाले सहयोग गर्ने भएका छन्।

प्रतियोगितालाई युरोपका बिभिन्न मुलुकका एनआरएनहरुले पुरस्कार राशिलगायतका लागि आवश्यक प्रायोजन गर्ने भएका छन्। एनआरएनका बिशिष्ट ब्यक्तिहरुले जनाए अनुसार प्रायोजन गर्नेहरुमा जर्मनी, बेल्जियम, डेनमार्क र लक्जमबर्गका एनआरएन रहेका छन्। त्यसैगरी, इटाली,पोर्तुगल, स्पेनलगायतका एनआरएन प्रतिनिधिसंग संपर्क भै राखेको थाहा हुन आएको छ।

नेपाली एकता समाज, फ्रान्सका अध्यक्ष तप्त भण्डारी तथा यूरो एकल नेपाली नृत्य प्रतियोगिता २०१२ का प्रमुख संयोजक निता श्रेष्ठको बिशेष अगुवाईमा हुन लागेको उक्त प्रतियोगिताको टिकेट बिक्री सफलताका साथ भैराखेको र आवश्यक तयारी उत्साहका साथ अगाडि बढेको बताईएको छ।

त्यस्तै नेपाली कल्चर हाउसका अध्यक्ष हेमन्त उपाध्ययलगायतको पनि बिशेष सहयोग रहेको कार्यक्रमका एक सदस्यले जानकारी दिए। प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीलाई क्रमश: ७०० (सात सय), ५०० (पाँच सय) र ३०० (तीन सय) युरो नगद तथा प्रमाणपत्र राखिएको छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by