दिननाथ बराल / एचकेनेपाल डट कम-
पोखरा, २६ पुष। पोखरामा १२ औं संस्करणको अन्तर्राष्ट्रिय अन्तर क्लव स्तरीय आमन्त्रित आहा रारा गोल्ड कप २०७० फुटवल प्रतियोगिता आगामी फागुनको तेश्रो साताबाट हुने हुने भएको छ। सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालामा फागुन २० देखि चैत १ गतेसम्म संचालन हुने भएको शुक्रबार क्लबमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो।
तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम
“खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने नाराका साथ क्लबले यस बर्ष आयोजना गर्ने लागेको उक्त प्रतियोगिताको तयारी समेत शुरू गरी सकेको क्लवका अध्यक्ष विरभद्र आचार्यले बताए।
पूर्वअध्यक्ष एंव सल्लाहकार परिषदका अध्यक्ष विक्रम यस बर्षको आहा रारा गोल्ड कप देशको परिस्थितिका कारण करीब एक महिनापछि सरेको बताए । यस अघि उक्त प्रतियोगिष्ता माघ महिनामा हुने गरेकोमा यस बर्ष दोश्रो संविधान सभाको निर्वाचन तथा राष्ट्रिय लिग हाल संचालन भएकोले पनि आहा रारा गोल्ड कप फागुनमा सरेको क्लवले जनाएको छ। कास्की जिल्ला फुटवल संघका अध्यक्ष गोपि बहादुर भट्टराईले उक्त प्रतियोगितालाई सफल पार्न आफूले सक्दो सहयोग गर्ने बचन दिएका छन्। मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिका निर्देशक प्रकाश केसीले क्लवले आयोजना गर्दै आएको उक्त प्रतियोगितालाई सफल पार्न आफूहरुले विगतका बर्षदेखि सहयोग गर्दै आएको बताउदै सहयोगलाई निरन्तता दिने बताए।
हिमश्री फुड्स प्रालिको उत्पादन रारा चाउचाउको मुख्य प्रायोजनमा ११ दिनसम्म संचालन हुने उक्त प्रतियोगितामा ए श्रेणीका क्लब, विदेशी टिम, आयोजक गरी १२ टोलीको सहभागिता रहने भएको क्लबले जनाएको छ। क्याराभान गोल्ड कपसहित क्लबको उक्त प्रतियोगिता १३ औं संस्करण हो।
रेडबुलको सह प्रायोजन, नेपाल पर्यटन बोर्डको प्रवद्र्धक, पोखरा उपमहानगरपालीका कार्यालयको संयोजन, कास्की जिल्ला खेलकुद विकास समिति, कास्की जिल्ला फुटवल संघ, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति, राष्ट्रिय खेलकुद परिषद, अखिल नेपाल फुटवल संघ र एन्फाको बिषेश सहयोगमा उक्त प्रतियोगिता संचालन हुने भएको महासचिव केशवबहादुर थापाले बताए। २०५८ सालबाट कठिन परिस्थिति एंव विपन्न बर्गका वालकहरुको सहारा एकेडेमीमा हाल तेश्रो व्याजको रुपमा १० जिल्लाका १७ जना रहेको बरिष्ठ उपाध्यक्ष केशवराज बरालले बताए।
क्लवले आहा रारा गोल्ड कपलाई सफल पार्न सीआरबीटी तथा पिआरबिटीमा गित समेत तयार पारेको छ। नेपाल टेलिकम मोवाईल प्रयोगकर्ताहरुले डीईएफ टाईप गरी स्पेश दिई ०१६००१८५१३ टाईप गरी १४५५ मा सेन्ट गरी आहा रारा गोल्प कपको गीत राख्न सक्ने छन्। त्यसै गरी एनसेल प्रयोगकर्ताहरुले भने बीयुवाई स्पेश दिएर ६०५१९९२८ टाईप गरी ९२०९ सेन्ट गरी गीत राख्न सकिने छ। आहा रारा गोल्ड कप तथा दाताको सहयागले क्लवले पोखरा १७ दोविल्लामा २ करोडको सहारा एकेडेमी तयार पारेको छ।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b