Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

अस्मिता गुरुङलाई मिस पूर्वाञ्चल २०१२ को उपाधि

सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, १० मार्च । धरानकी अस्मिता गुरुङ मिस पूर्वाञ्चल २०१२ को उपाधि जितेकी छन्। उनले शनिवार राति धरान सभा गृहमा सम्पन्न प्रतियोगितामा अन्य प्रतिर्स्धीलाई पछि पार्दै मिस पूर्वाञ्चलको ताज पहिरिएकी हुन्।

अन्तिम पाँचमा पर्न सफल गुरुङले प्रतियोगिताकी मुख्य निर्णायक मेगा बैकका जेनेरल मेनेजर रविना देशराज श्रेष्ठले सोधेको प्रश्नमा उत्कृट उत्तर दिदै उपाधिमाथि कब्जा जमाएकी हुन्। उनलाई मिस पूर्वाञ्चल २०११ की विजेता प्रतिभा श्रेष्ठले ताज पहिरिकी थिइन्। ताजसंगै उनले महेन्द्र स्कुटी तथा ल्यापटप र अन्य उपहार पाएकी छन्। उनले मिस नेपाल २०१२ मा सोझै भाग लिन समेत पाउने छिन्।


तस्वीर सौजन्यः पूर्वेली टाईम्स र वुइ धराने

प्रतियोगिताको फाइनल राउण्डमा मुख्य निर्णायक रविना देशराज श्रेष्ठले सोधेको प्रश्न गुरुङले आफू देशमा चिनिन तथा छुट्टै पहिचाहन बनाउन र आफ्नो परिवारले आफूमाथि गर्व गर्न सक्ने बन्न मिस पूर्वाञ्चलमा सहभागी भएको उत्तर दिदै ताज पहिरन सफल भएकी थिइन्। उनलाई मु्ख्य निर्णाययक श्रेष्ठले तपाई मिस पूर्वाञ्चलमा किन सहभागी हुनु भएको (जित्न नभन्नु होला) भन्ने प्रश्न गरेकी थिइन्।

उनले उपाधिसगै वेष्ट क्याटकको टाइटलसमेत जितेकी छन्। त्यस्तै प्रतियोगिताको फस्ट रनर अप धरानकै सन्दिपा लिम्बुले जितिन् भने उनलाई मिस पूर्वाञ्चल २०११ की फस्ट रनर अप लक्ष्मी सुब्बाले फस्ट रनर अपको ताज पहिरियाएकी थिइन्। उनले एक थान ल्यापटप तथा विभिन्न स्करसिप उपहार समेत पाइन्। लिम्बुले फस्ट रनर अप वेष्ट पर्सनालिटी र वेष्ट फेण्ड्रशिपको टाइटल समेत कब्जा जमाइन्।

सेकेण्ड रनर अप भने झापाकी हिना श्रेष्ठ भइन्। उनले उपाधिसंगै एक थान ल्यापटप तथा विभिन्न स्करसपि उपहारसमेत पाइन्। उनलाई मिस पूर्वाञ्चल २०११ की अनिता विश्कर्माले ताज पहिरीयाइदिएकी थिइन्। उपाधिसगै तीनै जनाले ब्लाष्ट टाइम्स दैनिको तर्फवाट निशुल्क एक वर्षको ग्राहक वनेका छन्। बुढासुब्बा ट्रनिङ सेन्टरले आयोजना गरेको प्रतियोगितामा वेष्ट हेयर उपाधि निलिमा राराई,वेष्ट स्माइल चन्द्रिका मोते, मिस ट्यालेण्ट कविता लिम्बु, भ्युअर च्याइस कञ्चन तामाङ, मिस ब्युटि कम्प्लेक्सिन विना खापुङ र मिस फोटोजेनिक मुस्कान सुब्बाले हात पारे।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by