मञ्जु गुरुङ / एचकेनेपाल डट कम-
कोरियामा रहेका गुरुङहरुले आफ्नो महान पर्व ल्होछारलाई आइतबार धूमधामसाथ मनाएका छन्। तमूधीँ दक्षिण कोरियाद्वारा सउलमा आयोजित कार्यक्रममा भेला भएका सम्पूर्ण तमू तथा गैरतमूहरुले एक अर्कामा शुभकामना आदनप्रदान गर्दै खान पान र नाचगानसहित मनाए।

राजदूत कमानसिंह लामाको प्रमुख आतिथ्यमा कार्यक्रम उद्घाटन गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथिसहित विशेष अतिथि श्रमसहचारी अनिल गुरुङ तथा अतिथिहरु आदिवासी जनजाति महासंघ कोरियाका अध्यक्ष भक्त शेरचन, एन. सि.सिका अध्यक्ष लोचन राई, बौद्ध परिवारका अध्याक्ष इश्वर गुरुङ र ओमेन फर ओमेनका अध्यक्ष जुनु गुरुङलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो।

कार्यक्रममा अतिथिहरुलाई गुुरुङ समुदायको परम्परागत फेटा गुथाएर सम्मान गरिएको थियो। साथै तमूधीँ कोरियाका अध्यक्ष सुरज गुुरुङले प्रतिक स्वरुप दुई वर्गका व्यक्तिलाई खादा लगाउदै सर्प वर्गको विदाई र घोडा वर्गको स्वगत गर्नुभएको थियो। कार्यक्रममा छोगेसा गुम्बाको सल्पब यङगुवनबाट तमूधीँमालाई प्राप्त २० लाख वान हस्तान्तरण गरिएको थियो। साथै कार्यक्रमका विशेष सहयोगी व्यवसायीहरु, व्यवस्थापनमा सहयोगी चेलीबेटीहरु र कलाकारहरुलाई कदरपत्रसहित सल ओढाई सम्मान गरिएको थियो।

त्यसैगरी, गुरुङ राष्ट्रिय गानबाट आरम्भ गरिएको साँस्कृतिक कार्यक्रममा विभिन्न आकर्षक गायन र नृत्य प्रस्तुत गरिएको थियो। रुप गुरुङ र ज्योति गुरुङको युगल नृत्य मात्र हैन पूर्णिमा, सानु र अन्जु गुरुङको एकल नृत्यले पनि दर्शकलाई पूर्ण मनोरन्जन दिलाएको थियो। त्यस्तै एञ्जल गुरुङको बाल नृत्य, प्रतापको हाँस्य नृत्यसहित ट्रिनिटी व्यण्डको प्रस्तुतीले पनि सांगीतिक माहोल तातेको थियो। त्यसोत आशमारु चुरोट बोलको सामुहिक नृत्य पनि कम रोजक रहेन। कार्यक्रममा उपस्थित अतिथि, विभिन्न संघसंस्थाका प्रतिनिधि, तमू तथा गैरतमूलगायत ल्होछार कार्यक्रमलाई सफल पार्न सहयोेगी सबैलाई आयोजक तमूधीँ कोरियाले हार्दिक धन्यवाद ज्ञापन गरेको छ।
Photo: Kim Hyoung Hyo

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस