Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

असल शासन क्लव महासंघको घोषणा पत्र सार्वजनिक

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १० चैत्र । असल शासन क्लव महासंघको गत चैत्र ८ र ९ गते काठामाडौंमा सम्पन्न दोस्रो महाधिवेशनले पारित गरेको घोषणा पत्र सार्वजनिक गरेको छ।

असल शासन क्लवका ४६ जिल्ला समन्वय समिति र ६५ जिल्लाका असल शासन क्लव जिल्ला समन्वय समिति अन्तर्गतका क्लवहरु सहभागी महाधिवेशनले गरेको निर्णयको आधारमा तयार पारिएको घोषणा पत्र सार्वजनिक गरिएको हो।

शुक्रबार रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मेलन गर्दै महासंघले भ्रष्टाचारले मुलुक प्यारालाईसिसको अवस्थामा पुगेको दावी गर्दै सुशासन स्थापनाका लागि भ्रष्टाचारलाई न्यनिकरण गर्न १० बुँदे माग सहित २१ सदस्यीय कार्य समिति चयन गरेको जानकारी दिईयो।

महासंघले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्त, र आयुक्तहरु अविलम्ब नियुक्ति गर्नु पर्ने, राजनैतिक क्षेत्र र राजनीतिक संरक्षणबाट हुने भ्रष्टाचारको नियन्त्रणको लागि अविलम्ब कानुन बनाईनुपर्ने, स्थानीय निकायको निर्वाचन अविलम्ब सम्पन्न गरी स्थानीय स्वायत्त शासन ऐन कार्यान्वयन गरिनुपर्ने जस्ता १० बुँदे माग सहितको घोषणा पत्र र्सार्वजनिक गरेको छ।

पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष अशोक विष्टले भने- अनुशासनका लागि सुशासनको आवश्यकता पर्ने भएकाले राज्यको हरेक तह र तप्कामा काम गर्ने रहेक व्यक्तिमा सुशासन लागूपर्ने दावी गरे।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by