एचकनेपाल डट कम संवाददाता-
पोखरा, १९२ औं पृथ्वी जयन्तीको अवसरमा राप्रपा नेपाल कास्कीले पोखरामा बृहत कार्यक्रम गर्ने भएको छ।

सिंगो नेपालका एकीकरणकर्ता पृथ्वीनारायण शाह जन्मेको दिन तथा राप्रपा नेपालको राष्ट्रिय एकता दिवस पुष २७ गते देशैभर विभिन्न कार्यक्रमको आयोजना गरिन्छ। पार्टीको केन्द्रीय कार्यक्रम अनुसार नै कास्कीले पनि पृथ्वीनारायण शाहको अविस्मरणीय योगदानलाई अमर राख्नको लागि पृथ्वी जयन्ती मनाउँदै आएको छ।

ढालिनुअघि पृथ्वीचोकमा पृथ्वीनारायण शाहको शालिक। फाइल फोटोः सुदर्शन रञ्जित /एचकेनेपाल डट कम

कार्यक्रमलाई सभ्य र भव्य बनाउनका लागि मंगलबार जिल्ला अध्यक्ष जयलाल पुनको अध्यक्षतामा बैठक सम्पन्न भएको छ। पृथ्वी जयन्तीलाई बृहत रुपमा सम्पन्न गर्न विभिन्न संघसंस्थासंग छलफल तथा आवश्यक तयारीबारे बैठकमा छलफल भएको अध्यक्ष जयलाल पुनले जानकारी दिए। कार्यक्रम अन्र्तगत पोखराको चिप्लेढुंगाबाट ¥याली निकालेर न्युरोड, सभागृह हुँदै पृथ्वीचोकमा आएर टुंग्याइनेछ। ¥याली संगसंगै राष्ट्रियता झल्काउने पोशाक, बाजा–गाजा, झाँकी तथा विभिन्न जातजातिका भेषभुषा प्रदर्शन गरिने जनाइएको छ।

-याली समापन भएलगत्तै पृथ्वीचोकमा पृथ्वीनारायण शाहको तस्बिर राखी माल्यापर्ण गरिनेछ। यसअघि पृथ्वीचोकमा पृथ्वीनारायण शाहको शालिक रहेको र उनैको नाममा सो ठाउँको नामाकरण गरेतापनि शालिक हटाउनुले उनको योगदान र सिंगो नेपालकै गरिमामाथि आँच पुगेको बताउँदै अध्यक्ष पुनले पुन शालिक राख्नुपर्ने बताए। यसका लागि सम्बन्धित संघसंस्थासंग पहल तथा छलफल गर्ने उनको भनाई थियो।

‘परिवर्तनको नाममा सिंगो सार्वभौम राष्ट्रका रचयिता तथा इतिहासका निर्माणकर्ता पृथ्वीनारायण शाहको योगदान र त्यागलाई पनि भुल्नहुँदैन।’ अध्यक्ष पुनले भने ‘नेपाल र पृथ्वीनारायण शाह भनेका पर्यायवाची शब्द हुन।’

अन्य दल तथा संघसंस्थाले पृथ्वीनारायण शाहको योगदानलाई भुलेर सिंगो देशको अखण्डता, सार्वभौमिकतालाई अपमान गरेकाले पृथ्वीजयन्तीमा सबैले ऐक्यबद्धता जनाउन तथा ¥यालीमा सहभागी उनले अनुरोध गरे।

यस्तो थियो पृथ्वीनारायण शाहको शालिक।

शालिक तोडफोड गरिदैः


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

Nishani
Nishani
After School Chinese Classes  Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes | Caritas Tuen Mun Marden Foundation Secondary School.

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
Nishani
Nishani
After School Chinese Classes  Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes | Caritas Tuen Mun Marden Foundation Secondary School.