कृष्ण मुस्यान / एचकेनेपाल डट कम –
दक्षिण कोरिया। भक्तपुर समाज कोरियाले परोपकारी कार्यको सुरुवात गर्दै नेपालमा तिम्ल्याहा सन्तानको उपचार गर्न आर्थिक अवस्था कमजोर भएका परिवारलाई अध्यक्ष रमेश खावाजुको संयोजकत्वमा सहयोग संकलन गर्ने भएको छ।

तीन छोरीहरुको जीवनरक्षाका लागि आमा नेपालीहरुसित सहयोगको अनुरोध गर्दै शिशुको सिद्धि स्मृति महिला तथा बाल अस्पताल भक्तपुरको सघन उपचार कक्षमा उपचार गराइरहेकी तिम्ल्याहा सन्तानकी आमा भक्तपुर काठमाडौकी विष्णुमाया बनमालालाई नवजात शिशुको उपचारका लागि आर्थिक समस्या परेको छ। दैनिक १० हजार रुपैंयाको हाराहारी उपचार खर्च लाग्ने भएकोले इँटाभट्टामा मजदुरी गरेर जीविका चलाउँदै आएको परिवारलाई अस्पतालको उपचार खर्च धान्न समस्या परेको हो।

उपचार कक्षमा ३ शिशुहरु


३ छोरीहरुलाई राम्रो उपचार गरेर बचाउन आर्थिक अभाब भएकोले सहयोगको आवश्यकता रहेको विष्णुमाया बनमालाले बताइन्। ‘मैले मात्र बचाउन असम्भव छ,सबैको सहयोग मिले बाँच्छन् भन्ने लागेको छ,’ उनले पुनः बताइन्। शिशुहरुमा तौल कमी तथा श्वासप्रश्वासमा केही समस्या देखिएका कारण सघन उपचार कक्षमा राखिएको सिद्धि स्मृति महिला तथा बाल अस्पतालका चिकित्सक धुव्र श्रेष्ठ बताए। ‘शिशुहरुको उपचारको लागि अस्पतालले सक्नेजति सहुलियत दिदाँ पनि दैनिक खर्च धान्न परिवार सक्षम नभएको कारणले शिशुहरुको डिस्चार्जपछि समस्या आउने हुँदा सबैको सहयोगले मात्र शिशुहरुले नयाँ जीवन पाउन सक्ने चिकित्सक धुव्र श्रेष्ठले बताए।

परोपकारी कार्यमा सहयोग गर्न भक्तपुर समाजद्वारा कोरियाबासी नेपालीहरुमा अनुरोधः

४ महिनाअघि दक्षिण कोरियामा भक्तपुरका तथा नेपाली साथीहरुबीच आपसी सम्बन्ध विस्तार एवं सुद्द्ढ गर्दै पारस्परिक सहयोग अभिबृदि तथा आफू जन्मेको जिल्लाको बिकासमा केही सहयोग गर्ने उद्देश्यले भक्तपुर समाजको स्थापना गरिएको थियो। सो संस्थाले विदेशमा पनि आफ्नो देशको संस्कृति बचाउने उद्देश्यले अक्टोबरमा नेपाली परम्परा अनुसार दशैंमा कार्यक्रम आयोजना गरिएको थियो। यो सन् २०१४ को आगमनसंगै भक्तपुर समाजले परोपकारी कार्यको सुरुवात गर्दै नेपालमा तिम्ल्याहा सन्तानको जस्बन रक्षाको लागि आर्थिक अवस्था कमजोर भएका परिवारलाइ कोरियामा सहयोग संकलन गर्ने भएको छ। भक्तपुर समाजका अध्यक्ष रमेश खावाजुको संयोजकत्वमा कोरियामा सहयोग संकलन गर्न लागिएको हो। अब छिटै सहयोग कमिटी गठन गर्न लागेको अध्यक्ष रमेश खावाजुले बताए। साथै उहाले आर्थिक अभाबका कारण तिम्ल्याहा सन्तानको उपचार गर्न नसकेका परिवारलाई सहयोग गरिदिनु हुन सम्पूर्ण कोरियाबासी नेपालीहरुमा अनुरोध गर्नुभएको छ।

सहयोगको लागि बिस्तृत जानकारीः
NH Bank A/C ano – 3560 5015 02193 SAINJU K MOHAN
(रकम सहयोग गर्नुभएका साथीहरुले मोबाइल नं . ०१० ५९२५ ३०८५ मोहन सैंजुलाई फोन गरि नाम टिपाउनु हुन् अनुरोध गर्न चाहन्छौं)

सम्पर्क
रमेश खावाजु : 010 5924 5571
मोहन सैंजु : 010 5925 3085
संजन जोंछें : 010 5924 2839
कृष्ण मुस्यान : 010 6487 7627
राजेन्द्र कबु : 010 8695 3335
किरण सैंजु : 010 2151 2903
राजमान प्रजापति : 010 7263 0727
लक्ष्मण राउत : 010 2297 9106
रमेश गिरी : 010 3145 2420
हरि लामिछाने

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस