एचकेनेपाल डट कम संवाददाता –
पोखरा, २० पौष। कवि तथा गीतकार विनोद गौचनको ५८ वर्षको उमेरमा शनिवार बिहान निधन भएको छ। tep

बिनोद गौचन/ फाइल: फोटो फेसबुक

‘जति कसम खाए पनि जति माया लाए पनि, निष्ठूरीले बाटो लाग्दा… जस्ता लोकप्रिय गीतलगायतका स्रष्टा गौचन ५ दिनदेखि गण्डकी अस्पतालको सघन उपचार कक्षमा उपचारत थिए। फोक्सोमा संक्रमण देखिएका गौचनले क्षय रोगको औषधीसमेत लिइरहेका थिए। दुई महिनादेखि उपचार भइरहे पनि स्वास्थ्यमा सुधार हुन नसकेको दाजु विश्वमोहन गौचनले बताए।

गौचनको जेठा छोराको २ वर्षअघि बेलायतमा कार दुर्घटनामा मृत्यु भएको थियो। उनका एक श्रीमति र एक छोरा छन्।

उनको ‘ढुङगे साँघुको मेलामा’ २०५५ मा र ‘पोखरामा फूल फुल्दैन’ २०६३ मा गरी दुई कविता संग्रह प्रकाशित छन्। थोरै गीत लेखेर चर्चित हुने गीतकारमध्ये उनी एक पर्छन्। उनका थुप्रै फुटकर कविता र गीतहरु प्रकाशित छन्। उनका ‘जति माया लाए पनि..’, ‘कस्तो ठाउँमा फूल्यौं तिमी..’, ‘तगारोमा रुमाल राखी बाटो छेक्यौ तिम्ले’लगायत चर्चित छन्।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस