सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
मिलन एल्बमबाट नेपाली संगीत क्षेत्रमा डेव्यू गरेकी गायिका मिलन नेवार अमात्यको चर्चा आजभोलि निक्कै नै चुलिएको छ। दुई वर्षअघि मात्र मिलनले आफ्नो पहिलो अल्बुम लन्च गर्दा नै उनको सांगीतिक प्रतिभा देखेर उनलाई भबिष्यको स्टार गायिकाको रुपमा हेर्न थालि सकिएको थियो। tep

मिलन नेवार अमात्य

नभन्दै उनले छोटो समयमा नै आफूलाई खारिएको गायिकाको रुपमा उभाएकी छिन्। उनले गाएको चलचित्र नोटबुकको ‘गाला रातै..’ र कालिको ‘स्लोली स्लोली’ अहिले निक्कै नै हिट छ। जस्ले गर्दा पनि उनलाई अहिले स्टेज प्रोग्राम र गीत रेकर्डको लागि समय मिलाउने हम्मे परेको छ। छोटो समयमा उनले इमेज अवार्ड, कालिका अवार्ड, बिन्द्यवासिनी अवार्ड संगै यो वर्षको लोकप्रिय नातिकाजी नव प्रतिभा पुरस्कारको लागि छनोटमा परेकी छिन् भने यो वर्षको कान्तिपुर एफ एम न. १ गायिकाको अवार्डसमेत हात परेकी छिन्। आधुनिक, लोक तथा चलचित्रका गीतको लागि अहिले संगीतकारहरुको पहिलो रोजाईको गायिका बनेर नेपाली संगीत क्षेत्रमा छोटो समयमा नै तहल्का मचाउने यी गायिकाको सांगीतिक पृष्ठभूमि भने निक्कै लामो छ।

नेपालमा डेव्यू हुनभन्दा पहिले एक दशकअघिदेखि उनी भारतको आसम राज्यको चल्तीको गायिका हुन भन्ने कुरा सायद कमैलाई थाहा होला। कलकत्ताबाट संगीतमा विरासत समेत गरेकी मिलनको नेपालीमात्र नभएर आसामी, राजस्थानी, आदिवासी भाषामा गरी उनको दुई दर्जनभन्दा बढी एल्बम बजारमा आइसकेको छ भने आसममा नै ५ सय भन्दा बढी गीत उनले आफनो स्वरमा रेकर्ड गराइसकेकी छिन्।

आफूले जुनसुकै ठाउंमा जुनै भाषामा गीत गाए पनि नेपाली भाषाको गीत झन नेपालीहरुसामु नै सुनाउन पाउंदा आफूलाई बैग्लै आनन्द आउने उनको अनुभव छ। त्यहि भएर नै उतै राम्रो सम्भावना हुदा हुदै पनि उनी नेपालमा आएको बताउंछिन्।

गायिका मिलन अमात्यको बहुचर्चित गीतहरूमध्ये एक- गाला रातै चलचित्र ‘नोटबुक’

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस