Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

मन्त्री गिरी वर्खास्त, थापा मन्त्रीमा नियुक्त

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १० चैत । प्रधानमन्त्री बाबुराम भट्टराईले भ्रष्टाचार अभियोगमा श्रम तथा यातायात मन्त्री सरिता गिरीलाई शुक्रवार मन्त्री पदबाट बर्खास्त गरेका छन्।

आर्थिक चलखेल गरेको भन्दै प्रधानमन्त्री भट्टराईले बुधवार गिरीको राजीनामा मागेका थिए। राजीनामा दिन अस्वीकार गरेपछि प्रधानमन्त्री भट्टराईले सद्‍भावना पार्टी आनन्दीदेवीकी अध्यक्षसमेत रहेकी गिरीलाई मन्त्री पदबाट बर्खास्त गरेका हुन्।

गिरीमाथि श्रम बिभागका महानिर्देशकलाई सरुवा गरी चलखेल गरेको र बैदेशिक रोजगारमा जाने नेपालीलाई शोषण गरेको आरोप थियो।

प्रधानमन्त्री भट्टराईले आजै राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष एमएस थापालाई श्रम तथा यातायात मन्त्रालयमा नियुक्त गरेका छन्।

थापाले अपरान्ह १२ बजे शपथ लिने कार्यक्रम तय भएको छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
Nishani
Nishani
After School Chinese Classes  Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes | Caritas Tuen Mun Marden Foundation Secondary School.
 
 

About the author

More posts by