देवीजंग तमु / एचकेनेपाल डट कम-
पोखरा, १५ पौष। तमुहरुको महान चाड ल्होसारको अवसर पारी तमु प्ये ल्हु संघ केन्द«ीय युवा समितिको आयोजनामा आयोजित त ल्होसार तथा छैटौँ खुल्ला तमु साँस्कृतिक नृत्य प्रतियोगितामा तरेली साँस्कृतिक परिवारले प्रथम स्थान हासिल गर्न सफल भएको छ। परिवारले नगद १५ हजार सहित प्रमाणापत्र र मायाको चिनो प्राप्त गरेको छ।

१४ समूहको सहभागिता रहेको प्रतियोगितामा कमलपोखरी मार्ग टोल विकास समितिले द्धितीय स्थान हासिल गर्दै नगद १० हजार सहित प्रमाणपत्र र मायाको चिनो, तृतिय हुन सफल सिक्लेस युवा क्लवले नगद ७ हजार सहित प्रमाणपत्र र मायाको चिनो त्यसैगरी सान्त्वना स्थान हासिल गर्न सफल सरस्वती उच्च माविले नगद ४ हजार सहित प्रमाणपत्र र मायाको चिनो प्राप्त गरेको छ।

प्रतियोगितामा उत्कृष्ट भेषभूषा तर्फ भुजुङ्ग युम्पो तमु समाजले नगद २ हजार ५ सयसहित प्रमाणपत्र र मायाको चिनो, उत्कृष्ट नृत्य निर्देशकतर्फ सरस्वती उच्चमाविका नृत्य निर्देशक रेशम तमुले नगद २ हजार ५ सयसहित प्रमाणपत्र र मायाको चिनो प्राप्त गर्नुभएको छ भने प्रोत्साहन विधातर्फ नेपाल तमु विद्यार्थी छोज धिं जुनियरले १ हजारसहित माायाको चिनो प्राप्त गरेको छ।

नृत्य निर्देशक मेनकाजी तमूको संयोजकत्वमा गठित निर्णय मण्डलमा संस्कृतकर्मी कृष्ण कुमार तमु, नृत्य निर्देशक गोरे तमु हुनुहुन्थ्यो। तमु प्ये ल्हु संघ केन्द«ीय क्वोँइवो परिसरमा आयोजित प्रतियोगितालाई भव्य र सभ्य तरिकाले सम्पन्न गर्न विभिन्न व्यक्ति तथा संघ संस्थाहरुले प्रायोजन गरेका थिए । प्रतियोगितामा प्रथम पुरस्कार तमु प्ये ल्हु संघ दुवई शाखाले, द्धितिय पुरस्कार मलेशियामा कार्यरत युवा समितिका भूपू सदस्यहरु चोक ल्हेगेँ तमु, टेकेन्द« ल्हेगे तमु, हेमा योज्मे तमु र दिलिप क्रोम्छै तमुले, तृतीय पुरस्कार दुवईमा कार्यरत युवा समितीका पुर्वअध्यक्ष थमन प्हच्यु तमु, महेश पैगीलम तमु, लोक वहादुर केप्छै तमु र तारा पैगीलम तमु र सान्त्वना पुरस्कार हङ्गकङ्गमा कार्यरत केन्द«ीय युवा समितिका भूपु कोषाध्यक्ष प्रमिला क्रोम्छै तमुले प्रायोजना गर्नुभएको थियो । त्यसैगरी उत्कृष्ट भेषभुषा तर्फ कोरियामा कार्यरत युवा समितिका भूपू सदस्य हिरा प्ल्हेँ तमुले र उत्कृष्ट नृत्य निर्देशकको युवा समितिका सदस्य विमला सरब्ज तमुले प्रायोजना गर्नुभएको थियो।

सप्ह्री ल्हो( सर्प ) वर्गको विदाई र त ल्हो ( घोडा ) वर्गको स्वागतसगै तमुहरुले यसपालीको ल्वोसार मनाएका हुन् । युवा समितिका सांस्कृतिक उपसमितिका संयोजक रुपा ल्हेगे तमुको अध्यक्षता र तमु प्ये ल्हु संघ केन्द«ीय समितिका अध्यक्ष क्याप्टेन रुप वहादुर गरब्ज तमुको प्रमुख अतिथ्यतामा भएको औपाचारिक कार्यक्रम युवा समितिका महासचिव शुक्रराज सरब्ज तमुले संचालन गर्नुभएको थियो भने सांस्कृतिक कार्यक्रममा युवा समितीका प्रथम उपाध्यक्ष सृजना प्हच्यु तमु, देवीजंग ल्हेगे तमु र अनिल टु तमुले संचालन गर्नुभएको थियो।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस