सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –
हङकङमा बसोबास गर्दै आएका धरानका गायक कबि राईले नयाँ म्युजिक भिडियो छायाँकन गराएका छन्। गायिका सिने गुरुङले समेत स्वर दिएको ‘सधैं सधैं.. ‘ बोलको उक्त रोमान्टिक युगल गीतमा गायक गायिकाको अलवा स्थानीय मोडेलहरु राजा राई र ऐजिन राईको अभिनय हेर्न पाईनेछ।

गायक कविले गत बैसाखमा निकालेको अल्बम ‘आमा’ मा संग्रहित गीतको शब्द अशोक शाक्यको रहेको छ भने संगीत अशोक र गायक स्वयंको रहेको छ। बुद्ध थापाको निर्देशन र रबिन राईको छायांकन रहेको गीतको भिडियो शब्द अनुरुप रोमान्टिक बनाइएको निर्देशक थापाले बताए। स्थानीय रुपमा स्थानीय कलाकार र प्राविधिकहरुले पनि राम्रो काम गर्ने अवसर पाउन् भनेर सम्पूर्ण काम यतै गर्ने गरि भिडियो निर्माण गरिएको गायक कविले बताए।

प्राविधिक रुपमा धेरै कुराको कम्प्रोमाइज गर्दै काम गर्नु परेपनि मेहनतको फल राम्रै आइरहेको छायाँकार रबिन राईको अनुभव छ। उनी भन्छन् -अहिलेको डिजिटल परिवर्तनको फाइदा लिदै हामी पनि धेरै राम्रो काम गर्न सक्छौ तर काम र लगानीको अभावले धेरै नै कम्प्रोमाइज गर्नुपर्छ। धरानमा पनि राम्रो भिडियो निर्माण गर्न सकियोस् भन्ने उद्देश्य आफ्नो रहेको र यसको लागि सहयोग गर्न आफू इच्छुक रहेको बताउदै गायक कबिले धरानका गायकहरु नवराम राई, संजिव लामाको भिडियो समेत स्थानीय स्तरमा निर्माण गरिसकेका छन्। भिडियो निर्माणका लागि उनले क्याननको ६डी क्यामेरा धरान ल्याएका छन्।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस