दिननाथ बराल / एचकेनेपाल डट कम –
पोखरा, १३ पुस। पोखराको दोविल्लामा रहेको सहारा एकेडेमीमा आज भएको एक दिने निःशुल्क बृहत स्वास्थ्य शिविरमा ३ सय ७४ जना लाभाम्वित भएका छन्।

“स्वास्थ्य नै धन हो” भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै सहारा क्लब पोखराको आयोजना तथा पह््रम नर्सिङ्ग होम्स् र सहारा हस्पिटलको प्राविधिक सहयोगमा भएको शिविरमा एक सय ९२ पुरुष र १ सय ८२ जना महिलाले स्वास्थ्य जाँच गराएको कार्यक्रम संयोजक केशव बरालले जानकारी दिनुभयो। उहाँका अनुसार स्वास्थ्य जाँच गराएका मध्ये दुई जनाको मुटुमा प्वाल देखिएकोले थप उपचारको लागि रिफर गरिएको छ। शिविरमा स्वास्थ्य जाँच गराउन निर्मलपोखरी, भरतपोखरी महतगौडा, दोविल्ला, प्रगतिटोलको साथै स्याङजा र बागलुङबाट पनि सर्वसधारण सहभागि भएका थिए।

शिविर बरिष्ठ पेट, छाती तथा मुटु रोग विषेशज्ञ डाक्टर नारायण गौतम, डाक्टहरु दिपेश कार्की, किसन के.सी, तृष्णा श्रेष्ठ, रोनी महर्जन, स्नेहा प्रधानाङ्ग, सविन थापा, ईश्वर कँडेल, सन्तोष श्रेष्ठ, कृष्णचन्द्र रिजाल, गोविन गुरुङ, चिरयू नारायण भारी, सन्तोष श्रेष्ठ सुजन फुयाल, उकेश प्रजापति, प्रज्जल धिमीरे लगायतका विशेषज्ञहरुको टोलीले निःशुल्क स्वास्थ्य परिक्षण गरी निशुल्क औषधी समेत वितरण गरिएको महासचिव केशवबहादुर थापाले बताउनुभयो।

आफूहरुले सोचे भन्दा उक्त निशुल्क स्वास्थ्य शिविर राम्रो भएकोमा सवैलाई धन्यवाद ज्ञापन गर्र्दै क्लवका अध्यक्ष विरभद्र आचार्यले यस्तो कार्यक्रमलाई हरेक बर्ष बार्षिक रुपमा गर्ने घोषणा गर्नु भयो। क्लवले स्वास्थ्यमा पहुच नपुगेका व्यक्तिहरुलाई लक्षित गरी आयोजना हुने निशुल्क स्वास्थ्य शिविरलाई सफल पार्न आफ्नो क्षेत्रबाट सहयोग गर्ने डाक्टर नारायण गौतम, डाक्टर दिपेश कार्की लगायतको टोलीले बचन दिनु भएको छ।शिविरमा ४ बर्ष देखि ७५ बर्ष उमेर समुहका व्यक्तिहरु आएको क्लवले जनाएको छ। जुम्ला धापा ६ का मनोज रिवाल सहित ३ जना, बाग्लुङ, स्याङजा, समेत शिविरमा सहभागि भएका थिए।

यस अघि उक्त कार्यक्रमको उद्घाटन गर्दै सभासद रविन्द्र अधिकारीले क्लवको खुलेर प्रशंसा गर्दै क्लवले आयोजना गर्ने सामाजिक कार्यमा आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने बचन दिए।

तस्वीरहरूः सुदर्शन रञ्जित एचकेनेपाल डट कम

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस