रमेश खावाजु/ एचकेनेपाल डट कम-
सउल, दक्षिण कोरिया। बीर अस्पतालमा उपचार गराइरहेका घाइते ७ बर्षीय समिर खड्कीको उपचारको लागि कोरियामा संकलित दोश्रो चरणको सहयोग रकम करिब ४० हजार रुपैंया कोरियामा कार्यरत अरुण श्रेष्ठले बहिनी सरिता श्रेष्ठमार्फत सहयोग रकम हस्तान्तरण गरेका हुन्।

दक्षिण कोरियामा सामाजिक सञ्जाल फेसबुकमार्फत नेपालीहरुलाई सहयोग गरेर होस् या कोरियामा विभिन्न दुर्घटना तथा मृत्यु भएका नेपालीहरुलाई आर्थिक सहयोग गरेर होस् अरुण श्रेष्ठले निरन्तर रुपमा नेपालीहरुलाई सहयोग गरिरहेका छन्। इपीयस छिन्गु नाम मार्फत दक्षिण कोरियामा नेपालीहरु माझ निकै चर्चित अरुण श्रेष्ठले २०१३ डिसेम्बर ७ तारिक काठमाडौँमा भएको बम बिस्पोटमा परेर ४ औला गुमाएका समीर खड्कीको लागि कोरियाबाट पहिलो चरणको संकलित रकम ७५ हजार रूपैयाँ हस्तान्तरण गरेको थियो। श्रेष्ठले कोरियाबाट १ महिनामा २ पटक रकम संकलित गरि करीब १ लाख १५ हजार रुपैयाँ घाइते समीर खड्कीको लागि नेपालमा पठाएको हुन्।

गरिब तथा दुखीहरुलाई आफूले सक्ने सहयोग गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको तथा आगामी दिनहरुमा पनि यसरी नै निरन्तर रुपमा दुखी,गरिब नेपालीहरुलाई सहयोग गरिरहने श्रेष्ठले बताए। श्रेष्ठले परोपकारी अभियानमा निस्वार्थ भावले सहयोग गर्ने सम्पूर्ण सहयोगदाताहरुलाई धन्यबाद व्यक्त गरेका छन्।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस