रमेश खावाजु/ एचकेनेपाल डट कम-
दक्षिण कोरिया। दक्षिण कोरियामा रहेका महिलाहरुको साझा संस्था वोमन फर वोमनले २९ तारिक आइतबारका दिनमा निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम गर्ने भएको छ।

दक्षिण कोरियाको राजधानी सउलको दोङ्देमुनस्थित छोवन चर्चमा दिउसो ३ बजे ५ बजेसम्म हुने कार्यक्रममा बरिष्ठ कोरियन डाक्टरहरुले निशुल्क स्वास्थ्य परिक्षण तथा परामर्शहरु दिनेछन्। उक्त कार्यक्रममा नेपाल योङ स्टार ग्रुप तथा गुल्मि सम्पर्क समितिले पनि सहयोग गर्ने वोमन फर वोमनका अध्यक्ष जुनु गुरुङले बताइन्। अध्यक्ष जुनु गुरुङले डेन्टल, मानसिक डिप्रेशन, महिलाहरुको रोग तथा अन्य विभिन्न स्वास्थ्य सम्बन्धी समस्याहरु भएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले यस कार्यक्रममा उपस्थित भइ सेवा लिनुहुन अनुरोध गरेकी छन्। सो कार्यक्रममा क्रिसमसको उपहार तथा निशुल्क कपाल काट्ने व्यवस्था पनि गरिएको छ।

कार्यक्रम सम्बन्धी बिस्तृत जानकारी
मिति: आइतबार,२९ डिसेम्बर २०१३
स्थान:- छोवन चर्च, दोङ्देमुन, कोरिया
समय:- दिउसो ३:०० बजेदेखि, साँझ ५ बजेसम्म

सम्पर्क:

जुनु गुरुङ (अध्यक्ष)०१०-९१४३-४५५७
मल्लिका थकली (उपाध्याक्ष) ०१०-२१३५-९५७६
बिमला श्रेष्ठ (सचिब)०१०-८८९७-५०७५
धर्मराज श्रेष्ठ (पास्टर )०१०-४५९५-८३३७

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

tep

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस