सन्तोष काफ्ले / एचकेनेपाल डट कम –
धरान। क्रिश्चियन धर्मावलम्विहरुमा क्रिशमसको दिन एक अर्कालाई उपहार वाडेर खुशि मनाउदै यो पर्वलाई मनाउने गरिन्छ। क्रिसमसको दिन सेतो लामो दाह्री पालेको, लामो टोपी लगाएको, हसिलो मुहार वनाएर सान्ता क्लजको रुपमा गरिव, असाहय , बालबालिकाहरुलाई उपहार बाँडेर आप्mनो घरपरिवार, साथीभाईहरु एक आपसमा सवैजना मिलेर खुशि मनाउने चलन रहि आएको छ। तर धरानस्थित एक परिवारले भने धरानमै रहको एक बाल बिकास केन्द्रमा रहेका बाल बालिकाहरुसंग मनाएका छन्।

क्रिसमसको अवसर पारेर होटल व्यवसायी एवम् होटल एसोसिएसन अफ धरानका अध्यक्ष महेश श्रेष्ठ को परिवारले बालबालिकालाई पाठ्य पुस्तक, स्टेशनरी तथा लत्ता कपडा तथा खेलौना वितरण गरेर यो पर्व मनाएका हुन्। क्रिसमसको अवसर पारेर विदेशमा रहेका आफ्नी आमा धर्मलक्ष्मी श्रेष्ठ र दाजु मुकेश श्रेष्ठको सहयोगमा उनले धरान १७ स्थित सयपत्री बालविकास केन्द्रमा रहेका बाल बालिकाहरुलाई पाठ्य पुस्तक, स्टेशनरी तथा लत्ता कपडा वितरण गरेका हुन्। श्रेष्ठकी ९१ बर्षीया हजुरआमा सुर्यलक्ष्मी श्रेष्ठले सो सामाग्री हस्तान्तरण गरेकी थिइन्। उनले २० हजार बराबरको सामाग्री वितरण गरेका थिए। जाडोमा लगाउने न्यानो लुगासगै पाठ्य पुस्तक , स्टेसनरी तथा खेलौना समेत पाएपछि केन्द्रका बालबालिकाहरु निकै खुसी देखिन्थे।

गरिब तथा सुकुम्बासीहरुको अथक प्रयासबाट खोलिएको सो संस्थामा सुकुम्बासी बस्तीका बालबालिकाहरुको स्याहार–सुसार तथा शिक्षा प्रदान गरिदै आएको छ। वि.सं. २०६२ सालमा सुकुम्बासीका छोराछोरीका लागि शिक्षामा पहुच पुर्याउने उद्देश्यले खोलिएको सो संस्थालाई सरकारी सहयोग नभएपनि स्थानीय स्तर तथा विदेशमा रहेका नेपालीहरुले सहयोग पुर्याउदै आएको छ। शुरुमा बासको भाटाले बनाइएको टहरामा बालबालिकाहरुलाई अध्यापन गरिदै आएको थियो। पक्षबाट सहयोग आएपछि अहिले केन्द्रले आफ्नै सानो विद्यालय बनाउन सफल भएको अध्यक्ष धनबहादुर राईले जानकारी दिए।

आफूहरुको अथक प्रयासले केन्द्रको स्थापना गरे पनि व्यवस्थापन गर्न कठिनाई भएको जानकारी दिनुहुदै दिनप्रतिदिन बढ्दै गएको चिसोले बालबालिकालाई अप्ठेरो भएकोले अन्य दाताबाट कार्पेटको व्यवस्था गरिदिन उनले आग्रह गरे। हाल केन्द्रमा ५ बर्ष मुनिका २४ जना बालबालिकाहरु रहेका छन्। श्रेष्ठ परिवारले धरान ११ मा रहेका १० जना अनाथ बाल बालिकाहरुलाई १५ हजार बराबरको खाद्यन्न वितरण गर्नुका साथै चर्च अफ क्राइस्ट धरान ८ मा २ सय जनालाई खाना तथा ३० जना लत्ताकपडा वितरण गरेको थियो।
फोटोः सन्तोष काफ्ले / एचकेनेपाल डट कम

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस