हुम तमु / एचकेनेपाल डट कम –
पोखरा। तमुहरुको साझा समाजिक संस्था तमु धिं नेपालले तमु जातिको नयाँबर्ष, महान चाड ल्होछार विविध कार्यक्रम गरी मनाउने भएको छ।

फाइल फोटोः पेम्बा शेर्पा / एचकेनेपाल डट कम

सप्रि ल्हो(सर्प वर्ग)को विदाई र त ल्हो(घोडा वर्ग)को स्वागतका लागि तमु धिं नेपालले पौष १२ गतेदेखि १४ गतेसम्म तमु धिं नेपालको प्राङ्गण नयाँबजारमा विविध कार्यक्रम गर्ने भएको छ भने पौष १५ र १६ गते सामुहिक ल्होछार कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न जुट्ने भएको छ।

लोकतान्त्रिक संघीय संविधान निर्माण गर, हाम्रो अधिकार र पहिचानलाई सम्बोधन गर भन्ने नाराका साथ मनाउन गईरहेको ल्होछार कार्यक्रम अन्र्तगत पौष १२ गते तमु धिं नेपालमा शुभकामना आदानप्रदान, तमु अगुवा र क्षेत्रीय अध्यक्षहरु विच अन्र्तक्रिया कार्यक्रम गर्ने, पौष १३ गते तमु विद्यार्थी समितिले विविध साँस्कृतिक कार्यक्रम र पुरस्कार वितरण, पौष १४ गते तमु ह्युलचोक सरसफाई र त ल्हो स्वागतका लागि तमु ह्युल चोकमा दीप प्रज्जलन एवं घर घर दीपावली गर्ने तमु धिं नेपालका अध्यक्ष कर्म तमुले जानकारी दिनुभयो।

ल्होछारको मुख्य दिन पौष १५ गते पोखराका सामाजिक, धार्मिक, राजनितिक, व्यवसायिक तमु सघ संगठनहरुले सामुहिक रुपमा पोखरा १ बगर टुँडिखेलबाट शुरु गरिने ल्होछार शुभकामना मोटरसाइकल र्याली, पौष १६ गते चिप्लेढुंगाबाट शुरु हुने ल्होछार शुभकामना सँस्कृतिमय जुलुस र पोखरा प्रर्दशनी केन्द्रमा हुने मुल समारोहलाई भव्यताका साथ सम्पन्न गर्नका लागि जुट्ने निर्णय गरेको तमु धिं नेपालका महासचिव रुद्रकुमारी(मैना) तमुले जानकारी दिनुभयो।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस