हुम तमु / एचकेनेपाल डट कम-
काठमाडौं, १० पुस। तमु सञ्चारकर्मी संघ नेपालले त ल्होछारको आगमनको अवसरमा बुधवार एक समारोहका विच काठमाडौं अनामनगरस्थित तमु बौद्ध सेवा समितिको सभाहलमा पोखराबाट प्रकाशित हुने कास्की आवाज राष्ट्रिय दैनिकका सम्पादक हुमबहादुर गुरुङसहित ६ जना पत्रकार तमु पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ।

तमु (गुरुङ) सञ्चारकर्र्मी संघ, नेपालको सक्रियतामा स्थापित पुरस्कारहरु वितरणका लागि संघका पूर्वअध्यक्ष गणेशमान गुरुङको संयोजकत्वमा कमल गुरुङ र मच्छे गुरुङ सदस्य रहेको गठित तमु पत्रकारिता पुरस्कार छनौट समितिले पत्रकारहरुको नाम सिफारिस गरे अनुसार तमु सञ्चारर्की संघले नेपाल टेलिभिजनका काठमाडौंकी रीता गुरुङ, अन्नपुर्ण दैनिक काठमाडौंका राजकुमार दिक्पाल, कास्की आवाज दैनिकका सम्पादक पोखराका हुमबहादुर गुरुङ, नेपालगञ्ज दैनिक नेपालगञ्जकी शोभा गुरुङ, मकालु सन्देश साप्ताहिक संखुवासभाका नविन गुरुङ र रेडियो चौतारी लमजुङका आश गुरुङलाई पुरस्कृत गरेको हो।

पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङ तथा श्रीमती कमला गुरुङद्धारा स्थापित पुर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङ तथा श्रीमती कमला गुरुङ पत्रकारिता पुरस्कार नेपाल टेलिभिजनमा २०४१ सालदेखि कार्यरत वरिष्ठ टेलिभिजन कार्यक्रम निर्माता रीता गुरुङ र अन्नपूर्ण दैनिकका वरिष्ठ सम्वाददाता राजकुमार दिक्पाललाई पुरस्कार संस्थापक गुरुङ दम्पत्ति सहित तमु संञ्चारकर्मी संघका केन्द्रीय अध्यक्ष डण्ड गुरुङले जनही नगद दशहजार रुपैया, सम्मानपत्र सहित खादाद्धारा सम्मान गरिएको थियो।

यसरी नै पोखरालाई कर्मथलो बनाउनुभएका कास्की आवाज राष्ट्रिय दैनिकका सम्पादक, रेडियो अन्नपुर्णका न्युज डेक्स कोअर्डिनेटर, नेपाल आदिवासी जनजाति पत्रकार संघ फोनिज कास्कीका अध्यक्ष, नेपाल पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य हुमबहादुर गुरुङ र नेपालगञ्ज दैनिकका स्तम्भकार शोभा गुरुङलाई सुश्री भद्रकुमारी घले पत्रकारिता प्रोत्साहन पुरस्कार, पुरस्कारका संस्थापक सुश्रीभद्रकुमारी घले, उहाँकी दिदी दुर्गा घले र संघका अध्यक्ष डण्ड गुरुङले जनही पाँच हजार एक रुपैया नगद, सम्मानपत्रसहित खादाद्धारा पुरस्कृत गर्नुभयो। त्यस्तै, सीआई टेकबहादुर गुरुङ तथा श्रीमती रसकुमारी गुरुङ पत्रकारिता प्रोत्साहन पुरस्कारबाट संखुवासभाबाट प्रकाशित हुने मकालु सन्देश साप्ताहिकका सम्पादक नविन गुरुङलाई सिआई टेकबहादुर गुरुङले पाँच हजार एक रुपैयाँ, सम्मानपत्र र खादाले सम्मान गर्नुभयो।

त्यस्तै, तमु पत्रकारिता पुरस्कार लमजुङबाट प्रसारण हुने रेडियो चौतारीका समाचार प्रमुख आश गुरुङलाई ल्होछार मुल आयोजक समितिका संयोजक एवं तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष रेशम गुरुङले पाँच हजार एक रुपैयाँ, सम्मानपत्रसहित खादाले सम्मान गर्नुभयो। पुरस्कृत पत्रकारहरु राजकुमार दिक्पाल र हुमबहादुर गुरुङले पत्रकारीताको क्षेत्रबाट तमु समुदायप्रति थप योगदान पुर्याउने दायित्व थपिएको बताउनुभयो।

कार्यक्रममा सभासद पार्वत गुरुङले पहिचानको मुद्धा संस्थागत हुन नसकेकाले आफुले पहिचानको मुद्धा संस्थागत गर्ने, तमु एकतालाई विशेष दिने बताउनुहुदै अहिलेको संविधानसभाले एकवर्षमा सबैको अधिकार सुनिश्चित भएको संविधान जारी गर्ने दावी गर्नुभयो । यो संविधानसभालाई २०६४ सालको जस्तो बेथिति संविधानसभा बन्न नदिने उहाँको प्रतिवद्धता थियो।

पुरस्कारका संस्थापत्र पुर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङले आफुले जहिलेसुकै सञ्चारक्षेत्रको सम्मान गर्दै आएको र मिडियाको महत्व बुझ्न सबैलाई आग्रह गर्नुहुदै सञ्चारक्षेत्रमा तमुहरुको सहभागिता बृद्धि गर्न सके तमु समुदायलाई प्रोत्साहन गर्ने बताउनुभयो। पूर्व मन्त्री,समाजसेवी एवं सुश्री भद्रकुमारी घले प्रोत्साहन पुरस्कारका संस्थापक भद्रकुमारी घलेले यो पुरस्कार समुद्रमा एक थोपा पानी मिसाएको हुँ भन्नुहुदै नेपालका दुईतिहाई नागरिक दोश्रो दर्जाको बनाइएको छ त्यसैले तमुहरुले उच्चशिक्षा र सच्चरित्रमा जोड दिनुपर्दछ भन्नुभयो।

त ल्होछार मुल आयोजक समितिका संयोजक तथा तमु ह्युला छोंज धिं गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष रेशम गुरुङले गुरुङ पत्रकारहरुको प्रोत्साहन र गुरुङका विषयले सञ्चारमा स्थान पाओस भन्ने मान्यताका आधारमा ल्होछार मुल आयोजक समितिको तर्फबाट समेत पुरस्कार राखेको बताउनुभयो। कार्यक्रममा तमु(गुरुङ) सञ्चारकर्मी संघ नेपालद्धारा प्रकाशित मुखपत्र गुरुङ न्यूज डटकमको सहभागीहरुद्धारा संयुक्त रुपमा लोकार्पण गरिएको थियो। यसैविच सप्रि ल्हो भित्र डाक्टर बन्नुभएका विनय गुरुङ र उर्मिला गुरुङ, सभासद पार्वत गुरुङ र दोश्रो राष्ट्रिय सम्मेलनबाट निर्वाचित गुरुङ पर्यटन व्यवसायी संघका अध्यक्ष कुलबहादुर गुरुङ, उपाध्यक्ष कमला गुरुङ सहितलाई भद्रकुमारी घले, छत्रमानसिंह गुरुङ, संघका अध्यक्ष डण्ड गुरुङले खादा लगाएर सम्मान गर्नुभएको थियो। संघका अध्यक्ष डण्ड गुरुङको अध्यक्षतामा सम्पन्न तमु पत्रकारिता पुरस्कार वितरण तथा गुरुङ न्यूज डटकम लोकार्पण कार्यक्रममा पुरस्कार छनौट समितिका संयोजक गणेशमान गुरुङले प्रतिभा छनौटको आधारहरु प्रस्तुत गर्नुभएको थियो भने सचिव गंगा गुरुङले स्वागत र कोषाध्यक्ष अनिता गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस