सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, १० पुष। सूर्य नेपाल इर्ष्टन ओपन गल्फ टुर्नामेन्ट सुनसरीको धरानस्थित निर्वाणा कन्ट्री कल्वको गल्फ कोर्षमा बुधबारदेखि सुरु भएको छ। प्रतियोगिताको सुरुवाती खेलमा ५ प्राफेसनल गल्फरहरु एकसाथ शीर्ष स्थानमा छन्। खेलमा एक ओभर गर्दैै प्रो रमेश अधिकारी, सुमन राई, दिपक थापामगर, रवि खड्का र संजय लामा शीर्ष स्थानमा बनाउन सफल भएका हुन्।

रमेशले फ्रण्ट नाइनमा ३४ बनाउदै भने ब्याक नाइनमा ३७ स्कोर बनाउदा कुल ७१ स्कोरमा समेटिए। सुमनले पनि फ्रण्टमा ३५ स्कोर बनाए भने व्याक नाइनमा ३६ स्कोरका साथ कुल ७१ बनाउदा दिपकले फ्रण्टमा ३४ र ब्याक नाइनमा ३७ स्कोर गर्दे ७१ स्कोर बनाए। रविले पनि फ्रण्टको ३७ र ब्याक नाइनमा ३४ स्कोर ७१ स्कोर वनाउदा संजयले फ्रण्टमा ३४ र व्याक नाइनमा ३७ स्कोर गर्दै कुल ७१ स्कोर गरे। उपाधिका दावेदार मानिएका धरानका प्रो सविन सापकोटा १ स्टकले पछि परेका छन्। उनले फ्रण्टमा ३६ र ब्याकमा ३६ स्कोर मार्दै दुइ ओभर पार गर्देै छैठो स्थानमा समेटिए।

एमेच्योरतर्फ बबिन्द्र राईले ५ ओभर गर्दै शिर्ष स्थानमा छन्। उनले फ्रण्टमा ४० र ब्याक नाइनमा ३५ कार्ड गरेका थिए। त्यस्तै दिनेश प्रजापति दोस्रो स्थानमा छन्। उनले ७ ओभर पार खेल्दै प्रतियोगितामा दोस्रो नम्बरका एमेच्योर हुन्। उनले फ्रण्टमा ४० र ब्याक नाइनमा ३७ स्कोर गर्दै ७७ स्कोर गरेका थिए। नेपाल प्रोफेसनल गल्फ एसोसिएनको आयोजनामा भइरहेको १८ होल पार ७० को खेल भइरहेको छ। प्रतियोगितामा काठमाडौंका २२ प्रो प्रतिस्पर्धामा छन् भने ६ जना धरानका प्रोहरु मैदानमा छन्। त्यस्तै १८ जना एमेच्योर गल्फरहरु सहभागी छन्। चारदिनसम्म चल्ने प्रतियोगितामा २१ वटा टाइटललाई पुरस्कृत गर्ने छ । प्रतियोगिताको कुल पुरस्कार रासी ५ लाख १४ हजार २ सय ५० रुपैया रहको छ । पुरस्कार रासी अघिल्लो वर्षको तुलनामा १० प्रतिशत वढि हो। गत वर्ष कुल पुरस्कार रासी ४ लाख ५० हजार रहेको थियो।

उपाधिका दावेदार मानिएका धराने गल्फर सविन सापकोटा।


गतपर्षको सूर्य नेपाल इष्र्टन ओपन गल्फ टुनामेन्ट विजेता रवि खड्का। तस्वीरः सन्तोष काफ्ले / एचकेनेपाल डट कम

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस