शिशिर सिंखडा / एचकेनेपाल डट कम-
चितवन, १० पुस। इप्लानेट नेपालले आयोजना गर्ने मिसेज नेपालको तेस्रो संस्करणमा मिसेस युनिभर्स विजेता क्यारोल लिको सहभागिता रहने भएको छ। मिसेस युनिभर्स क्यारोल लि मिसेज युनिभर्स नेपालको छनौंट चरणको अन्तिम प्रतिष्पर्धाका लागि आगामी फेब्रुअरी २० मा ३ दिनका लागि नेपाल आउने इप्लानेट नेपालका अध्यक्ष तथा मिसेज युर्निभर्सका नेपाल निर्देशक सन्तोष सापकोटाले बताए। tep

तीन दिने नेपाल बसाइमा उनले रक्षा नेपालमा आश्रित बालबालिकालाई भेट्ने कार्यक्रम रहेको छ। साथै मिसेज नेपालका प्रतिष्पर्धीलाई एक घण्टाको घरेलु हिंसाविरुद्धको लागि प्रशिक्षण दिने कार्यक्रम रहेको सापकोटाले बताए। उनी वर्ष २०१३ का लागि घरेलु हिंसाविरुद्धका लागि विश्व सद्भावना दूतसमेत हुन्। प्रतियोगिताका लागि क्षेत्रीयस्तरका विजेताको पनि उपस्थिति हुनेछ।

क्यारोलले मिस युनिभर्स २०१३ मा शीर्ष उपाधिसहित मिस पपुलर स्पेसल अवार्ड जितेकी थिइन्। यो बाहेक उनी मिसेस मलेशिया युनिभर्स २०१३, पूर्व मिस मलेशिया, पार्क रोयल होटल इम्प्लोयी आफ द इयर १९९३, पार्करोयल होटल सेन्ट्रक (अवार्ड फर कर्टसी १९९३ जस्ता विजेता र सम्मानबाट सम्मानित भइसकेकी छन्। इप्लानेट नेपालले सौन्दर्य प्रतियोगिताको इतिहासमा आफ्ना हरेक कार्यक्रममा नयाँ प्रयोग अपनाउँदै हरेक पटक केही न केही नेपालमै पहिलो पटक भनेर आयाम थप्दै आएको छ। २०११ मा मुभि हाउसको भगिनी संस्थाको रुपमा स्थापित संस्थाले अमेरिकामा बसोबास गर्ने नेपालीलाई लक्षित गरी मिस नेपाल युएसएको प्रारम्भ गरेको थियो।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस