निमकान्त पाण्डे एचकेनेपाल डट कम –
अंग्रेजी नया बर्ष सन २०१४ सालको उपलक्ष्यमा साहित्य तथा सांगीतिक कार्यक्रम साथ सुभ-कामना आदान प्रदान गर्ने भएको छ।

युएई साखाको शुक्रबार बरदुबाईमा बसेको बैठकले जनवरी १ तारिख बरदुबईको एभरेष्ट इन्टरनेसनल होटलमा नि:शुल्क साँस्कृतिक कार्यक्रम गर्ने निर्णय गरेको छ । युएईमा नेपाली माझ ख्यातिप्राप्त कलाकार तथा साहित्यकारहरुले एउटै मन्चबाट प्रस्तुति दिदै,विभन्न समयमा पत्रकार महासंघ शाखालाई सहयोग गर्ने व्यक्तित्व संघसास्थाहरुलाई सम्मन गर्ने कार्यक्रम रहेको युएई शाखाका अध्यक्ष अर्जुन दाहालले बताए।

नब बर्ष प्रवेश गरेकै दिन अर्थात जनवरी १ तारिख दुबईको एभरेष्ट इन्टरनेसनल होटलमा आयोजना हुने मनोरन्जनात्मक कार्यक्रममा युएईमा रहेका संस्था प्रमुख,समाजसेबी,साहित्यकार साथै युएईमा कार्यरत श्रमिकहरुमा उपस्थितिको लागि यसै सूचना मार्फत निमन्त्रणा गरिएको छ।

पत्रकार महासंघको सदस्य बन्न महासंघमा आबद्ध नरहेका तथा नया संचारकर्मीलाई सदस्यताको लागि आह्वान गरेको छ। सम्पूर्ण कागज पत्रका साथ फार्म बुझाउने समय अबधि २०१४ को जनवरी महिना अन्तिमसम्म निर्धारण गरिएको छ। महासंघका सम्पुण पदाधिकारी तथा सदस्यहरुलाई समेत सदस्यता नबिकरण गर्न बैठकले आवहान गरेको अध्यक्ष दाहालले बताएका छन।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस