एचकेनेपाल डट कम संवाददाता-
सिल्भरस्प्रिंग, मेरिल्याण्ड,२२ डिसेम्वर। आफ्नो ४ वर्षे कार्यकाल पूरा गरी नेपाल फर्कन लाग्नु भएका अमेरिकाका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माको विदाईका लागि विगत सात वर्षदेखि वाशिंटन डिसी मेट्रो क्षेत्रवाट नियमित रुपले प्रकाशन हुँदै आएको पाक्षिक नेपाली अखवार विश्वपरिक्रमाले दिवा भोज सहितको थ्याङ्क्यू एम्वेसडर कार्यक्रमको आयोजना ग¥यो। सो कार्यक्रममा आफ्नो मन्तव्य राख्दै राजदूत शर्माले आफ्नो कार्यकालमा केही काम गर्ने स्पष्ट एजेण्डा लिएर आएको र ती एजेण्डा पूरा गर्न पाएकोमा सन्तोष लागेको वताउनु भयो। तर प्रयास गर्दागर्दै पनि अमेरिकी उच्च ऋधिकारीहरुलाई नेपाल भ्रमण गराउन नसकेको स्वीकारोक्ति समेत व्यक्त गर्नुभयो । अमेरिकी विदेशमन्त्रीको नेपाल भ्रमण तय भै लगभग अन्तिम अवस्थामा नेपालको सम्विधानसभा भँग भएर त्यो पूरा हुन नसकेको खुलाउनु भयो।

सो कार्यक्रमका अध्यक्ष तथा विश्वपरिक्रमाका प्रधान सम्पादक गोविन्द गिरी प्रेरणाले अमेरिकी नेपाली समुदायका आँखाको नानी वन्नु भएका राजदूत शर्मालाई कुनै भौतिक उपहार भन्दा हृदयको मायाँ उपहार दिन थ्याङ्क्यू एम्वेसडर कार्यक्रमको आयोजना गरेको वताउनु भयो । उहाँले राजदूत शर्माको कार्यकालमा ट्रेड एण्ड इन्भेष्टमेण्टफ्रेमवर्क एग्रिमेण्ट सम्पन्न भएको कँग्रेशनल ककसको विधिवत स्थाना भएको, मिलेनियम चेञ्ज कर्पाेरेशनलाई नेपाल लैजान सफल भएको, माओवादी द्वन्दको वेला फिर्ता आएको पिस कोर्पस् भोलेण्टियरलाई पुन नेपालमा लैजान सफल हुनु भएको, नेपाल राष्ट्र वैंकको एक मिलियन डलर डुव्नवाट जोगाउन सफल भएको, नेपाललाई अमेरिकी सहयोग वृद्धी गर्न सफल भएको, इराकवाट नेपाल फर्काउन लागिएका ३०,००० नेपालीलाई स्टेट डिपार्टमेण्टसँग पहल गरी फिर्ता हुनवाट वचाएको, लिलाम हुन लागेका दुर्लभ नेपाली कृतिहरु नेपाललाई फिर्ता गराउन सफल हुनु भएको, १३ वर्षमा पहिलोपल्ट ट्रेड एण्ड इन्चेटमेण्ट टोली नेपाल पठाउन सफल भएको तथा अमेरिकाको नेपाली जन समुदायमा लोकर्पयता हासिल गर्न सफल हुनु भएकाले कृतज्ञता ज्ञापन गर्न कार्यत्रमको आयोजना गरेको वताउनु भयो। सो अवसरमा कवि वसन्त श्रेष्ठले राजदूतको सम्मानमा कविता प्रस्तुत गर्नु भएको थियो।

सञ्चार क्षेत्रका नगेन्द्र पौडेल तथा विपिन उप्रेतीले समेत मन्तव्य प्रकट गर्नु भएको सो कार्यक्रमको शुरुमा लोकनाथ तिवारीले स्वागत भाषण गर्नु भएको थियो भने कार्यक्रम सञ्चालक अनुभव गिरीले धन्यवाद ज्ञापन गर्नु भएको थियो। स्थानिय नेपाली समुदायका सकृय समाजसेवी तथा सिपिए हरि शर्माले राजदूत शर्मालाई उपहार प्रदान गर्नु भएको थियो।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस