प्रहरीले शनिबार पोखरा ९ नयाँबजारबाट नर्फिन १९२ थान, डाईजापाम १९२ थान र फेनरागन १९२ थान बरामद गरेको छ। लागु औषध कारोबार गर्ने दुई जना ३० वर्षीया संजिता गुरुङ र २० वर्षीय लाला चौहानलाई पक्राउ गरेको लागु औषध नियन्त्रण ब्युरो पोखराका प्रहरी निरीक्षक मदन कुँवरले जानकारी दिए। भैरहवाका स्थायी बासिन्दा चौहानलाई गुरुङकै डेराबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

तस्बिरः सुदर्शन रञ्जित /एचकेनेपाल डट कम


ब्युरो प्रमुख प्रहरी निरीक्षक मदन कुँवर जानकारी दिंदै।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस