विजय थापा / एचकेनेपाल डट कम-
भर्जिनिया, अमेरिका। अमेरिकाको डिसी महानगर क्षेत्रमा भर्खरै स्थापना भएको नेपाल स्पोर्ट्स एण्ड कल्चर इनटरनेशनल(नेपाल खेलकूद तथा संस्कृति अन्तर्राष्ट्रिय)की कोषाध्यक्ष केमिका भण्डारी हालै बर्दियामा सम्पन्न हात्ती पोलो खेलमा सहभागी भै कर्मथलो अमेरिका फिर्ता भएकी छिन्।
tep

जम्मा ८ वटा समूहले भाग लिएको उक्त हात्ती पोलो खेलमा केमिका भण्डारी सहभागी भएको खेल समूह दोश्रो स्थान प्राप्त गर्न सफल भएको छ। पोलो खेलमा पहिलो पटक महिला सहभागिता भएकोमा खुशी व्यक्त गर्दै नेपाली खेल समूह नै नभएकोले उनले श्री लंकाको समूहबाट प्रतिनिधित्व गर्दै खेलेकी थिइन्। उनको समूहबाट खेल्नेमा उक्त पोलो आयोजना गर्ने मुख्य ब्यक्ति पनि सोही समुहबाट खेलेका थिए। पोलो खेलमा स्विटज़रल्याण्ड समूह प्रथम भयो। नेपालको लागि अमेरिकन राजदूत पिटर बोडेले पुरस्कार वितरण गरेका थिए।

केही समय अगाडि औपचारिक रुपमा स्थापना भएको घोषणासंगै पोलो खेलमा संस्थाको तर्फबाट अमेरिकाबाट आफ्नै खर्चमा भण्डारीलाई सहभागी भएकी थिइन्। उनलाई अमेरिकाका लागि नेपाली राजदूत शंकर प्रसाद शर्माले नेपाल र अमेरिकाको झण्डासहित खादा ओढाई शुभकामना दिएका थिए। नेपाल खेलकूद तथा संस्कृति अन्तर्राष्ट्रिय नामक नवस्थापित गैर मुनाफा संस्थाको समुद्घाटन कार्यक्रममा संस्थाको भावी योजनाको घोषणा समेत गरिएको संस्थाकी अधक्ष्य सिता पाण्डेले जानकारी दिइन्।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस