सन्तोष काफ्ले / एचकेनेपाल डट कम –
धरान, पूर्वी नेपालका युवतीहरुको प्रतिभा प्रस्फुटनका लागि हरेक वर्ष धरानमा आयोजना हुदै आएको सौन्दर्य प्रतियोगिता मिस पूर्वाञ्चलको पाँचौ संस्करण अगामी पौष १८ गतेवाट सुरु हुने भएको छ। प्रतियोगिताको कोलागि आवेदन फारम खुला गरिएको छ।

‘मिस पूर्वाञ्चल २०१४ लाई भव्यताका साथ सम्पन्न गर्नका लागि तयारीसंगै अडिसन आगामी पौष १८ गते देखि पूर्वका विभिन्न शहरहरुमा आयोजना हुनेछ। अडिसन विर्तामोडमा पौष २० गते, विराटनगरमा पौष २१ गते र धरानमा पौष २२ गते आयोजना हुनेछ।


मिस पूर्वाञ्चल २०१३ को विजेता नेहा वजाज बिचमा, फस्ट रनरअप वर्षा राई र सेकेण्ड रनरअप अलिसा श्रेष्ठ।

अडिसनबाट छानिएका युवतीहरुलाई एक महिनाको व्यक्तित्व विकास उद्घोषण, ¥याम्प वक, सौन्र्दय फेसन इतिहास, पर्यटन, लगायतका विभिन्न विषयमा विभिन्न क्षेत्रमा विज्ञहरुबाट प्रशिक्षण गराइने छ भने ट्राफिक सचेतना, सामाजिक कार्य, रक्तदान, रसफाई लगायतका अघिल्ला वर्षका लोकप्रिय कार्यक्रमहरुलाई निरन्तरता दिनुका साथै स्कुटी ¥याली, पूर्वका पर्यटकीय स्थलहरुको भ्रमण लगायत फेसन सो समेत आयोजना गर्ने कार्यक्रम रहेको कार्यक्रम संयोजक सौरभ श्रेष्ठले वताए।

मिस पूर्वाञ्चलका अन्य कार्यक्रमलाई पूर्वाञ्चल व्यापी बनाउन पूर्वका विभिन्न स्थानहरुमा कार्यक्रम अयोजना गरिने उनले जानकारी दिए। फाइनल प्रतियोगिताबाट मिस पुर्वाञ्चल २०१३ संगै फस्ट रनर अफ, सेकेण्ड रनर अफ लगायत फोटोजेनिक, पर्सनालिटी, स्माइल, ब्युटीफुल कम्प्लेक्सन, भ्युअर्स च्वाइस लगायतका विधामा समेत पुरस्कृत गरिनेछ।

सिल्भर इन्टरटेनमेन्टको आयोजनामा हुने मिस पुर्वाञ्चल विजेतालाई स्कुटीसंगै कलेजमा छात्रवृत्तिको व्यवस्था गरिएको छ भने फस्ट र सेकेण्ड रनर अपलगायत अन्य टाइटल विजेतालाई नगद पुरस्कारसंगै अन्य विभिन्न पुरस्कारहरुको व्यवस्था गरिएको छ। हालसम्म २०१० मा सविना सुब्बा, २०११ मा प्रतिभा श्रेष्ठ, २०१२ मा अस्मिता गुरुङ र २०१३ मा नेहा बजाजले मिस पुर्वाञ्चलको उपाधि हात पारिसकेका छन्।

प्रतियोगितामा सहभागी हुन चाहनेहरुले आवेदन फारम भर्न तलको लिङ्कमा क्लिक गर्नुहोस्
Download Application Form of Miss PURWANCHAL 2014

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस