रमेश खावाजु / एचकेनेपाल डट कम –
दक्षिण कोरिया। राजधानी सउलको सिटिहलमा आइतवार कोरियामा रहेका प्रवास्री मजदुरहरुले २३औं अन्तर्राष्ट्रिय प्रवासी मजदुर दिवस भब्य रुपमा मनाए।

दक्षिण कोरियामा मजदुरहरुको हक अधिकारको लागि संघर्ष गर्दै आइरहेका एमटियू(प्रवासी मजदुर संघ) र केसिटियु(कोरियन प्रजातान्त्रिक मजदुर महासंघ)द्वारा संयुक्तरुपमा आयोजित सो कार्यक्रममा केसिटियुका अध्यक्ष सिन सुङ छलले प्रवासी मजदुरलाई कोरिया सरकारले भेदभाव गरिरहेको तथा केसिटियु उनीहरुको हक अधिकार प्राप्तिको निम्ति निरन्तररुपमा संघर्ष गर्ने बताए। त्यस्तै एमटियूका का. अध्यक्ष उदय राईले प्रवासी मजदुरले स्वतन्त्र रुपमा काम परिवर्तन गर्न पाउनुपर्ने,मजदुरमाथि हुने शोषण बन्द हुनु पर्ने,सरकारको गलत नीतिको कारणले भिसा गुमाएको मजदुरलाई बैधानिक बनाउनुपर्ने तथा इपिएसको गलत पक्षको तत्काल सुधार हुनुपर्ने जस्ता मजदुरहरुको माग सरकारले लागु गर्नुपर्ने बताए। अन्य सबै वक्ताहरुले इपिएसमा सुधारका साथै WPS (work permit system) लागु गर्नुपर्ने आफ्ना धारणाहरु प्रस्तुत गरे।

दुई चरणमा विभाजित कार्यक्रमको पहिलो चरणको “प्रवासी मजदुरको समस्याको सुनुवाई “कार्यक्रममा इपिएसका मजदुरहरुले आफ्ना समस्याहरु राखेका थिए। त्यसपछि सो समस्याहरुको समाधान कसरी गर्न सकिन्छ भनेर अन्तर्क्रिया कार्यक्रम पनि भएको थियो। कार्यक्रमको दोश्रो चरणमा सिटीहलबाट केसिटियु अफिस सदेमुनसम्म सबै र्यालीमा सहभागी भएका थिए। र्याली पश्चात रात्रिभोजको पनि आयोजना गरेका थिए। दिउंसो २ बजेदेखि साँझ ५ बजेसम्म भएको सो कार्यक्रममा नेपाल, कम्बोडिया, बंगलादेश, भियतनाम, फिलिपिन्स, इन्डोनेसिया, उज्वेकिस्तान तथा मंगोलियाका करिब २५० जना मजदुरहरुको उपस्थिती रहेको थियो।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस