विजय थापा / एचकेनेपाल डट कम-
भर्जिनिया, २ पौष। अमेरिकाको डिसीमहानगर क्षेत्रमा मंसीर ३० गते डिसी महानगर क्षेत्रका नेपाली समुदायको आयोजनामा नेपालकी चर्चित गायिका नलिना चित्रकार एकल सांस्कृतिक साँझ सम्पन्न गरेको छ। यस कार्यक्रमका संयोजक लोकनाथ तिवारीले कलाकार देशका गहना हुन् र हामीले कलाकारलाई सम्मान गर्न सक्नु पर्छ भन्दै यो कार्यक्रमको आयोजना गरेको बताए।

गायिका नलिना चित्रकारले आफ्ना गीतहरु प्रस्तुत गर्नु अगाडि प्राय आफूले गायत्री मन्त्रबाट प्रस्तुति गर्ने गरेको बताउदै यसले सबैको कल्याण गर्ने छ भन्दै दर्शकहरुको सुस्वास्थ्य तथा प्रगतिको कामनाको साथ गायत्री मन्त्रबाट सांस्कृतिक साँझ सुरु गरेकी थिइन्। उनले ८-१० वटा गीत प्रस्तुत गरेको थिइन् भने सांस्कृतिक साँझमा स्वर सम्राट नारायण गोपाललाई सम्झना गर्दै र सम्मान अर्पित गर्दै ‘केही मिठो बात गर…’ प्रस्तुत गर्दा दर्शकको प्रसंशा पाएकी थिइन्। उनको गीत प्रस्तुतीसंगै दर्शक लयमा लय र तालमा ताल मिलाउदै झुम्दै नृत्यमा साथ दिएका थिए।

आफू नेपाल आउने जाने गरी रहने बताउदै नयाँ गीत अल्बम बाट ‘नयाँ गीत’प्रस्तुत पनि गरेकी थिइन् भने उक्त कार्यक्रममा बिदेशीहरु समेत गीत सुन्न आएका थिए। नजिकका राज्यहरु,डिसी,भर्जिनिया,म्यारिल्याण्ड, पेन्सिल्वेनिया तथा कार्यक्रम हेर्न मात्र न्युयोर्कबाट पनि उनका प्रशंसकहरु आएका थिए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

Nishani
Nishani
After School Chinese Classes  Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes | Caritas Tuen Mun Marden Foundation Secondary School.

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस