नवराज सापकोटा /एचकेनेपाल डट कम-
लेखनाथ, ३० मंसीर। दशौं लेखनाथ महोत्सवको तेश्रो दिन शनिवारमात्रै २५ हजार दर्शकले अवलोकन गरेका छन्। सार्वजनिक विदाको दिन समेत परेकाले दर्शकहरुको चाप महोत्सवमा देखिएको हो। दर्शकको चाप वढी भएपछि आयोजकलाई व्यवस्थापन गर्न हम्मे हम्मे परेको थियो।

महोत्सवमा शनिबारमात्रै ५० लाख रुपैयाको कारोबार भएको प्रचार प्रसार उपसमितिका संयोजक भरतकुमार अधिकारीले जानकारी दिए। महोत्सवमा दर्शकको चापसँगै व्यापारमा समेत वृद्धि भएपछि स्टलराख्नेहरु समेत उत्साहित देखिएका थिए। शनिवार सवैभन्दा वढी रेष्टुरेण्ट र कृषिजन्य उत्पादन तर्फ सुन्तलाको कारोबार राम्रो भएको छ। महोत्सवमा शनिवार मात्रै झण्डै २० हजार केजी सुन्तला विक्री भएको कृषि उपसमितिका संयोजक दयाराम तिवारीले जानकारी दिए।

यस्तै महोत्सवको थप आकर्षणको रुपमा रहेको कविता प्रतियोगितामा नारायण प्रसाद पोखरेल प्रथम भएका छन्। उनको देशको व्यथा शिर्षकको कविताले प्रतियोगितामा प्रथम स्थान हासिल गरेको हो। यस्तै जमुना आर.सी द्धितीय र इन्द्रराना प्रतिक तृतीय भए। प्रतियोगितामा लालमणि पोखरेल र नारायण वास्तोला सान्तवना भएको कविता प्रतियोगिता उपसमितिका संयोजक बसन्त मोहन भट्टराईले जानकारी दिए। यसैगरी चर्चित आधुनिक गायक राजेश पायल राईले साढे दुई घण्टा भन्दा वढी आफ्ना लोकप्रिय गीतहरु दर्शन नमस्ते, नानीको चञ्चले वानीले लगायतका गीत संगीतहरु प्रस्तुत गर्दा दर्शकहरु झुमेका थिए। यस्तै मिलन लामा लगायतका कलाकारले लोकदोहोरी गित प्रस्तुत गरे। उनको चर्चित गीत माझीदाई पोखरा फेवातालको गाउँदा दर्शकहरु झुमेका थिए। महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन, विकास र सम्मृद्धि भन्ने नाराका साथ मंसिर २७ देखि शुभारंभ भएको महोत्सवमा विभिन्न वस्तु तथा सेवाहरुका तीन सय भन्दा वढी स्टलहरु राखिएका छन्।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस