सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, म्युजिक भिडियो निर्देशक लोकेन साँवा काठमाडौ व्यस्तताबााट थकाई मार्न आफ्नो जन्म थलो धरानमा आए पनि उनले थकाइ मार्न पाएका छैनन्। धरानमा आएसगै उनले म्युजिक भिडियो निर्देशन गर्न भ्याएका छन्।

विशेष गरि साँस्कृतिक गीत संगीतको माया गर्ने सावा आज भोलि पूर्वी नेपालको सुन्दर नगरी धरान, भेडेटारलगायतका स्थानमा एक्सन कटमा व्यस्त देखिए। सावाले संगीतकार ओमप्रकाश राईको एकल संगीत रहेको “भुल्न खोजे तिमीलाई” नामक आधुनिक एल्बमको “तिम्रो माया साह्रै नै लाग्छ नि…” बोलको गीतको म्युजिक भिडीयोको निर्देशन गरेका छन्।

पूर्वको सुन्दर नगरी धरानको घण्टाघर, धनकुटाको भेडेटारस्थित चाल्स टावर, पाथीभरा, धनकुटाको मुलघाटस्थित विश्रान्ति आश्रम, तमोर पुललगायत पूर्वाञ्चलका रमणीय पर्यटकीय स्थलहरुमा छायांकन गरिएको म्युजिक भिडियोको छायाङ्कन लोलिन पोमुले गरेका छन्। रजिना रिमाल र भीषण राईको स्वर रहेको सो गीतको भिडियोमा धराने मोडल वर्षकी मिस लिम्बुमा वेष्ट स्कीन रेखा फागो फावेन लिम्बु र हिमाल कन्दङ्वा लिम्बकोे अभिनय रहेको छ। सो भिडियो आगामी पुषको तेस्रो हप्ता रिजिल हुने निर्देशक साँवाले जानकारी दिए। “भुल्न खोजे तिमीलाई”मा रहेका अन्य गीतको म्यजिक भिडियोको निर्देशनको जिम्मा पाएका साँवाले यस अघि दुई वटा गीतको म्युजिक भिडीयो निर्देशन गरिसकेका छन्। एल्बम सबै भिडियोमा एकल निर्देशन गर्न लागेका सावाले बाँकी दुई वटा गीतको भिडीयो यहि साता पोखराको विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिने जानकारी दिए। एल्बममा चर्चित गायक राजेशपायाल राई, दिपक लिम्बु, प्रमोद खरेल, शिव परियारले समेत स्वर दिएका छन्। एल्बममा ५ वटा गीत रहेका छन्।
तस्वीरः सन्तोष काफ्ले / एचकेनेपाल डट कम

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस