सौरभ श्रेष्ठ /एचकेनेपाल डट कम-
काठमाडौं। राजधानीको ठमेलस्थित डबलीमार्गमा शनिबारबाट नमस्ते स्पा सञ्चालनमा आएको छ। स्पाको नेपालकी प्रथम मिस नेपाल रुवी राणा, मिस नेपाल २०१० सदिक्षा श्रेष्ठ र नायिका हर्षिका श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गरे।

अर्जुन प्रधान र विनोद श्रेष्ठले संयुक्त रूपमा स्पा सञ्चालन गरेका हुन्। स्पाका निर्देशक श्रेष्ठका अनुसार स्पामा एरोमाथेरापी, स्टोन थेरापी, आयुर्वेदिक मसाज, अकुप्रेसर, शिरोधरा, थाई मसाज, ट्रेकर मसाज, फुट रिफ्लेक्सोलोजी, हेड एण्ड सोल्जर मसाज स्पाइनल मसाज, बडी स्क्रब, मुड थेरापी, मनिक्युर, पेडीक्युर, फेसियल, बेक्सिङ, हेयर ट्रिटमेन्टलगायतका सेवा प्रदान गरिनेछ। ‘हाम्रोमा समूहमा आउनेलाई विशेष छुटको व्यवस्था छ भने स्पा थेरापी तालिमको समेत व्यवस्था गरेका छौं,’ श्रेष्ठले भने।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस