एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, २८ मंसीर। बंगलादेशमा पाकिस्तानको विभाजन तथा बंगलादेश स्थापनाको विरोधी तथा इस्लामी पार्टी जमात ए इस्लामीका नेता अब्दुल कादर मुल्लालाई विहीवार राति फाँसी दिईएको छ। मुल्लालाई फाँसी दिएको खबर पाउनसाथ उनका समर्थकहरुको हिसांत्मक प्रदर्शनमा कम्तीमा आधा दर्जनको ज्यान गएको छ। बंगलादेश सरकारका अनुसार उनलाई ढाकास्थित केन्द्रीय कारागारमा स्थानीय समय अनुसार राति १० बजे फाँसी दिइएको हो। सर्वोच्च अदालतले १९७१ को युद्धका बेला आमहत्या र नरसंहारको आारोपमा मुल्लालाई दोषी ठहर गरि फाँसीको सजाय सुनाएको थियो। बंगलादेश स्वतन्त्रता संग्रामको क्रममा ३० लाख मानिसको हत्या हुनुमा मुल्ला मुख्य जिम्मेवार रहेको अदालतको ठहर छ। घटनामा मुल्लाबाहेक अरु पाँच जनालाई पनि दोषी ठहर गरिएको छ।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस