एचकेनेपाल डट कम संवाददाता-
पोखरा, २७ मङ्सीर। लेखनाथ साहित्य पुरस्कार – २०७० द्वारा जनकविकेशरी धर्मराज थापालाई सम्मान गरिने भएको छ। कविशिरोमणि लेखनाथ पौडेलकी कान्छी छोरी स्व.कुन्तिदेवी भट्टराईको परिवारद्वारा स्थापित तथा लेखनाथ साहित्य प्रतिष्ठान कास्कीद्वारा सञ्चालित उक्त पुरस्कारको राशी रु ५० हजार र सम्मानपत्र रहेको छ। यसअघि सो पुरस्कारबाट नेपाली शिक्षा परिषद काठमाडौं, डा.वासुदेव त्रिपाठी र साहित्यकार मदनमणि दिक्षित सम्मानित भैसकेका छन्। प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकालको अध्यक्षतामा लेखनाथ साहित्य प्रतिष्ठान र लेखनाथ साहित्य पुरस्कार अक्षयकोष सञ्चालक समितिको मंगलबार बसेको संयुक्त बैठकले जनकविकेशरी थापालाई पुरस्कृत गर्ने निर्णय गरेको थियो। कास्कीको पोखरा, बाटुलेचौरमा वि.सं.१९८१ मा जन्मिएका जनकविकेशरी धर्मराज थापाका रानीपोखरा, पहाडी संगीत, हाम्रो लोकगीत, लोकसंस्कृतिको घेरामा लमजुङ, तनहुँ फूलबारी, हाम्रो लोकसंस्कृतिलगायत दर्जनौ पुस्तक र काव्यकृतिहरु प्रकाशित छन्। श्री ५ महेन्द्रबाट २०१३ सालमा जनकविकेशरी पद्वीबाट विभूषित भएका उनले २०२५ सालमा मंगली कुसुम खण्डकाव्यमा मदन पुरस्कार प्राप्त गरेका थिए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

tep

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस