हुम तमु / एचकेनेपाल डट कम –
पोखरा, पूर्वसभामुख तथा संविधानसभाको दोश्रो निर्वाचनमा इलाम क्षेत्र नं. १ बाट निर्वाचित सभासद सुवासचन्द्र नेम्वाङ्गले गत संविधानसभाको उपलब्धिलाई संस्थागत गर्दै विगतमा विभेदमा पारिएका महसुस गरिएकाहरुको अधिकार सहितको संविधान एक वर्षभित्र निर्माण गरिने बताउनुभएको छ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले बुधवार पोखरामा आयोजना गरेको संविधानसभामा आदिवासी जनजातिहरुको मुद्दााहरुको विषयक पश्चिमाञ्चल विकासक्षेत्र स्तरीय अन्तरक्रियात्मक विचार गोष्ठीको उद्घाटन गर्नुहुदै सभासद नेम्वाङ्गले गत संविधानसभाले प्राप्त गरेको उपलब्धिहरु संस्थागत लोकतान्त्रिक गणतन्त्र, पहिचानसहितको संघीयता, धर्मनिरपेक्षता, समावेशीतालाई संस्थागत गर्ने प्रतिवद्धता जाहेर गर्नुहुदै गत संविधानसभाको उपलब्धिबाट एक इञ्च पनि पछि फर्कन पाउदैनौ भनेर खवरदारी गर्न आग्रह गर्नुभयो।
उहाँले अहिलेका लागि सरकार कामकाजको भाषा नेपाली र देवानागरी लिपी बनार्औ, केहीपछि भाषा आयोग बनाएर अघि बढ्नुपर्दछ भन्नुहुदै मुलुकलाई साँच्चिकै धर्म निरपेक्ष मुलुक बनाउने वाचा गर्नुभयो। अहिले देखा परेको चुनौतिको सहमतिबाटै अन्त्य गर्दै संविधानसभालाई संविधान निर्माण प्रकृयामा प्रवेश गराउन सके त्यहीबाटै जनजातिमैत्री संविधान जारी गर्न सकिने नेम्वाङ्गको भनाई थियो। उहाँले संविधानसभाको निर्वाचनमा कसैले हारेको र कसैले जितेको छैन, जितेको छु भनेर दम्म नगर्न आग्रह गर्नुहुदै गत संविधानसभाका सभासदहरुले चौविसै घण्टा बसेर पनि काम गरे पनि एक पटकको हाईको सञ्चार माध्यमको प्रचारले ठूलै स्थान पाएकाले त्यसप्रति सजग हुदै एकवर्षभित्र नथाकीकनै काम गर्ने बताउनुभयो।
विचार गोष्ठीमा त्रिभुवन विश्व विद्यालयका सहप्राध्यक्षक, आदिवासी जनजाति विज्ञ बालकृष्ण माबुहाङ्गले आगामी संविधानसभाले सम्बोधन गर्नुपर्ने आदिवासी जनजातिका सवालहरु विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। कार्यपत्र प्रस्तुत गर्नुहुदै माबुहाङ्गले विगतमा केही फूलहरु मात्रै फूल्न पाएको अरु सबै झार बन्ने अवस्था सिर्जना भएको बताउनुहुदै दोश्रो संविधानसभाको गठन नै हुन्छ कि हुदैन भन्ने अवस्था आउनु दुखदायी हो भन्नुभयो। संविधानसभाको निर्वाचनमा प्रस्तुत गरिएको घोषणापत्रमा उल्लेख गरिएका मुद्धाहरुलाई राजनीतिक दल र सभासदहरुले इमान्दारीपूर्वक लागु गर्न जुट्नु पर्ने उहाँको भनाई थियो। उहाँले राज्यप्रतिको अपनत्वको लागि पहिचान भएको दावी गर्नुभयो।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b