मुना राई / एचकेनेपाल डट कम-
युरोपियन पर्यटकीय बेल्जियमको सुन्दर शहर ब्रुजको सामुदायिक भवन “दि कोर्फ़” मा संयुक्त किराँत समाज बेल्जियमले नेपाली किराँत उधौली पूजा चासोक तंगनाम भव्यताका साथ सम्पन्न गरेको छ।

हरेक बर्ष मनाइने नेपाली महान किराँत चाड संस्थाका अध्यक्ष डिल्ली सुब्बाको अध्यक्षतामा संस्थाका महासचिब मुना राई र के. सदस्य दुर्गा प्र. राईद्वारा कार्यक्रम संचालन भएको थियो भने स्वागत मन्तब्य सल्लाहकार बदन योङ्गहाङ्ग र कार्यक्रमबारे मणि कु. राईले सक्षिप्त प्रकाश पार्नु भएको थियो। कार्यक्रममा किराँत परिवारहरुबाट पुर्खा र धर्तीलाई अक्षतापाती चढाउदै द्विप प्रजलन गरि पूजा सम्पन्न गरेपछि किराँत कलाकारहरु पूर्ण कान्ग्बांग, डम्बर लिम्बु, राजेश लिम्बु, खगेन्द्र चोंग्बांगलिम्बु, लोकेन चोंग्बांगलिम्बु, दुर्गा प्र. राई,राम राई, अशोक इधिन्गोलिम्बु, सुस्मिता राई, सुम्निमा राई, गौरब राई, निक्रिता लिम्बु, सिर्जना लिम्बु र रिया राईहरुद्वारा नेपालीहरुको प्रख्यात किराँत नृत्य साकेला, च्याब्रुङ्ग र अन्य मनमोहक नृत्यहरु प्रस्तुत गरि सबै दर्शकबृन्दहरुलाई मनोरंजन गराइएको थियो। त्यसैगरी नेपालबाट आएका ख्यातिप्राप्त हास्यकलाकारद्वय माग्नेबुढा, तक्मेबुढा र गायक रोज मोक्तानले चेतनामूलक तथा संदेशानात्मक प्रस्तुतीहरु दिएका थिए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस