Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

अवसरवादीको गठबन्धनको सरकार हो- डा. महत

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ९ चैत । नेपाली काँग्रेस नेता डा. रामशरण महतले मधेशी मोर्चाबीचको वर्तमान सरकार अवसरवादी गठबन्धनको सरकार भएको आरोप लगाएका छन्।

रिपोर्टर्स क्लब नेपालले विहीबार आयोजना गरेको साक्षात्कारमा डा. महतले चार बुँदे सहमति एक अर्काको स्वार्थपूरा गर्न बनेको सरकार हो, मधेशको नाम बेचेर मोर्चाका नेताहरुले आफ्नो स्वार्थ लुटिरहेका छन् भने माओवादीहरुले मोर्चालाई सरकारमा समावेश गरी बन्दी बनाएर आफ्नो स्वार्थ लिन सफल भएको आरोप लगाउँदै शान्ति र संविधानलाई पाखा लगाएर स्वार्थसिद्धतिर लागेको यो सरकार रहनुको कनै औचित्व छैन।

महतले भने-अहिले पनि माओवादीहरु हतियार विहीन भएका छैनन्, लडाकुका कमाण्डरहरु जंगलका रुख काटेर भारत बेच्न लागेको बेला रंगेहात पक्राउ परेका छन्, राष्ट्रको सम्पत्ति बेच्ने काम कमाण्डरहरुको होइन, त्यस्ता व्यक्तिहरुलाई दर्जाको कुरा गर्नु ?

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by